रौतहट । रौतहटको ईशनाथ नगरपालिका वडा न. २ मा वडा कार्यालय भवनको शिलान्यास गरिएको छ ।
भाडामा लिएर सेवाको प्रवाह गर्दै आइरहेको वडा कार्यालयको आफ्नै भवन निर्माण हुन लागेको वडा अध्यक्ष धर्मेन्द्र साहले जानकारी दिनुभयो ।
नयाँ बन्न लागेको वडा कार्यालय भवनको एक औपचारिक कार्यक्रमबिच ईशनाथ नगरपालिकाका नगरप्रमुख श्रीमती कौशल्या देवी सिंन्हाले शिलान्यास गर्नुभयो ।
नगरप्रमुख सिन्हाले भवन निर्माणस्थलमा विधिपूर्वक पूजापाठसहित ईटा राखेर शिलान्यास गर्नुभयो ।
निर्माण हुन लागेको उक्त भवनको शिलान्यास गर्दै नगरप्रमुख सिन्हाले नगरपालिकालाई नेपालकै नमूना बनाउनका लागि अथक प्रयासहरु भइरहेको बताउनुभयो । त्यस अवसरमा नगरप्रमुख सिंन्हाले नगरपालिका सधैँ नागरिकको पक्षमा रहेको बताए । उहाँले नागरिकको हितविपरीत नगरपालिकाले कुनै पनि कार्यक्रम नगरेको बताउनुभयो ।
निर्माण गर्ने वडा कार्यालयको भवनलाई गुणस्तरीयसहित समयमै वडा कार्यालय भवन निर्माण गर्न आग्रह गर्दै नयाँ भवन निर्माण सम्पन्न भएसँगै सम्पूर्ण वडावासीले सहज रूपमा सेवा लिन पाउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
नगरप्रमुख सिंन्हाले वडा कार्यालय निर्माणका लागि बिधालयको जग्गा प्रदान गरेको बताउनु भयो । यस वडा कार्यालय भवनको निर्माणको लागि वडा स्तरियबाट २० लाख लागतमा भवन निर्माण हुने भएको छ ।
पूर्व प्रदेश सभा सदस्य माननीय नागेन्द्र प्रसाद सिन्हा,वडा नं –४ का वडा अध्यक्ष शत्रुधन सिँह,वडावासी,समाजसेवी,बुद्धिजीवीहरु,वडा सदस्य तथा कार्यपालिका सदस्य, वडाका कर्मचारी र स्थानीय राजनीतिक दलका प्रतिनिधिको सहभागिता रहेको थियो ।