हिन्दु र मुस्लिम समुदायलाई धन्यवाद ज्ञापन गर्न मधेस प्रदेशका तीन वटै डिआइजी रौतहटमा ।

169

रौतहट । रौतहटमा पटक पटक मुर्ति सेलाउने क्रममा झडप हुँदै आएको रौतहटको इशनाथ नगरपालिका अन्तर्गत घिउरामा गएको २ महिना अगाडि दुबै समुदाय बिच द्वन्दले हिंसाको रुप लिए पछि सो घटनालाइ समाधान गराउन महत्त्वपूर्ण भुमिका निर्वाह गरेका मधेस प्रदेशका प्रहरी प्रमुख यज्ञ बिनोद पोखरेल सो स्थानका जनतालाइ धन्यवाद दिन आज रौतहट आएका छन । सरस्वती पुजाको मुर्ति सेलाउने विषयमा सो स्थानका हिन्दु र मुस्लिम समुदायका स्थानीयहरु बिच झडप हुदा स्थानिय प्रशासनले ४ दिन कर्फ्यु लगाउदा समेत परिस्थिति नियन्त्रणमा नआएपछि मधेस प्रदेशका प्रहरी प्रमुख डिआइजी यज्ञ विनोद पोखरेल आफै घटना स्थलमा उपस्थित भइ दुबै समुदाय बिच सहमति गराइ समस्या समाधान गराइ लिखित सहमति गराएका थिए । रौतहट जिल्लाको प्रहरी प्रमुख भएर पहिले नै काम गरेको अनुभव र स्थानियहरु संगको मैत्री संबन्धका कारण डिआइजी पोखरेल लाई दुबै समुदाय बिच सहजीकरण गर्न सहज भएको थियो र सोही क्रममा वहाँ ले त्यहाका दुबै समुदायका जनतालाइ समस्या समाधान भएपछि धन्यवाद ज्ञापन गर्न आफै आउने वाचा गरेर फर्केका थिए र सोही वाचा पूरा गर्न आज वहाँ रौतहट आएका हुन । रौतहट आएका डिआइजी आजै दुबै समुदायमा पुगि स्थानियहरु संग अन्तर्क्रीया समेत गरेका थिए । सो क्रममा स्थानियले सिमानाकामा रहेको यातायात आवत जावतमा कठिनाइ र मलखाद ल्याउन हुने झंझट बारे गुनासो गरेका छन । अन्तरक्रीया कार्यक्रमलाई संबोधन गर्ने क्रममा डिआइजी पोखरेलले रौतहटको जनता मात्र होइन रौतहटको माटोले समेत आफुलाइ माया गर्ने गरेको बताए । भारत र नेपाल बिच बेटि रोटिको सम्बन्ध रहेकोले घरायसी प्रयोजनको लागि ल्याइने बैधानिक सामग्रीमा दुख नदिन मातहतका प्रहरी एकाइहरुलाइ आफू निर्देशन दिइ सकेको तर ब्यापारीक प्रयोजनका लागि तस्करी गरि ल्याइने सामग्रीलाई कुनै पनि हालतमा छुट दिन नसकिने वहाले प्रस्ट पारेका छन । वहाँ संगै रास्ट्रीय अनुसंधान का डिआइजी संजय यादव, सशस्त्र प्रहरी बलका डिआइजी दिपेन्द्र शाह समेत रौतहट आएका हुन । वहाँको सरल स्वभावका कारण रौतहट बासी पोखरेललाइ उच्च आदर समेत गर्ने गरेका छन ।