रौतहट । रौतहटको दुर्गाभगवती गाउँपालिकामा आयोजना गरिएको निशुल्क आँखा तथा नाक ,कान,घाँटी उपचार शिविरबाट दुई सय ६५ जनाले सेवा लिएका छन् ।
नेपाल अप्टोमेट्रिस्ट संघ कोशी प्रदेशका अध्यक्ष समेत रहनु भएका दुर्गाभगवती गाउँपालिका वडा नम्बर ३ मत्सरी निवासी अजित ठाकुरले आफ्नो वुवा स्व.मोहर ठाकुरको सम्झनामा मत्सरीमा आँखा तथा नाक ,कान,घाँटी उपचार शिविरको आयोजना गराउनु भएको थियो ।
उक्त निशुल्क शिविरमा उपचार सेवा लिनु भएका मध्ये ३३ जनालाइ मातिया विन्दुको समस्या देखिएको थियो ।
मातिया विन्दुको समस्या देखिएकोलाइ बिरगंजमा रहेको दृष्टी आँखा अस्पतालमा निशुल्क शल्यक्रिया गरिएको छ ।
गाउँमा आँखा तथा नाक ,कान,घाँटी उपचार निशुल्क शिविर आयोजना गरि गाउँका स्थानियलाइ प्रत्यक्ष सेवा दिएकोमा आयोजक ठाकुर तथा दृष्टी आँखा अस्पताललाइ वडा अध्यक्ष धर्मेन्द्र कुमार झाले धन्यवाद दिनु भएको थियो ।
उक्त शिविरमा डा. हरि शर्मा सहितका टिम तथा गाउँवासी सहयोगीहरु लाइ आयोजक ठाकुरले धन्यवाद दिनु भएको छ ।
निशुल्क आँखा तथा नाक ,कान,घाँटी उपचार शिविर गाउँमै आयोजन भए पछि स्थानियहरु हर्षित भएका थिए ।