रौतहट । मधेश सरकारको राजपत्र अनुसार आज मधेश प्रदेशको ८ वटै जिल्लामा सार्वजनिक विदा हुने भएको छ ।
मधेश सरकारको राजपत्रमा उल्लेखित २०८० सालको विदाको सूचिमा माघ ५ गते बलिदानी दिवसको रुपमा मनाउँदै आएकोमा आज शुक्रबार सार्वजनिक विदा दिईएको हो ।
बलिदानी दिवसको अवसरमा प्रत्येक बर्ष माघ ५ गते प्रदेश सरकारले विदा दिँदै आएको हो । प्रदेश सरकारको विदा भएपछि ८ वटै जिल्लाको सरकारी कामकाज एक दिनको लागि छुट्टी हुने भएको छ । आज मधेश प्रदेशमा सरकारी सँघसँस्थाहरु, कार्यालयहरु विदा रहने भएको छ ।