फोनबाट धाकधम्की र लाखौं रकम असुली गर्ने व्यक्ति पक्राउ

232

रौतहट ।। रौतहटको एक व्यापारीलाई पटकपटक फोनबाट धमकी दिएर रकम माग्ने आरोपमा रौतहट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्लाका एक जना व्यापारीलाइ फोन गरेर ५ लाख देखि ५० लाख रकम माग्ने र रकम नदिए छोराछोरीलाइ अपहरण गर्ने भनी धाकधमकी दिनेलाइ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटले विहिवार आयोजना गरेको पत्रकार सम्मलेनमा प्रहरी नायव उपरीक्षक एलिजा गिरीले मोबाईल नम्बर ९८०१५७७५१० बाट पटक पटक फोन गरी रकम माग्ने आरोपमा फतुवा बिजयपुर नगरपालिका वड़ा नम्बर ८ निवासी भैयाराम साहको ३४ वर्षीय छोरा श्रीभगवान साह पक्राउ परेको जानकारी दिएका छन । रकम माग्ने व्यापारीको नाम गोप्य राखिएको भन्दै प्रहरी नायव उपरीक्षक गिरीले फोनबाट रकम माग्दै आएको र अपहरण गर्ने समेत धमकी दिएको पीडि़तले दिएको सुचनाको आधारमा अनुसन्धान गर्दै जादा मोबाईल नम्बर प्रयोग गरेको सिमकार्डको आधारमा साहलाई पक्राउ गरिएको बताए ।

घटनामा संलग्न रहेका अन्य व्यक्तिको विषयमा खोजतलाश जारी रहेको तथा पक्राउ परेका साहलाइ आपराधिक लाभ लिने कसूर अपराधमा कानुनी कारबाहीको प्रक्रिया अगाडी बढ़ाइएको जानकारी दिएका छन ।

अघिल्लो सामग्रीनक्कली नोटसहित एकजना पक्राउ
यसपछिको सामग्रीतराईमा चिसो बढ्यो
रौतहट उज्यालो प्रा.लि. गौर रौतहटद्वारा संचालित याे रौतहट टाइम्स डट कम नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनु भएकोमा धन्यवाद । समाचारको लागि +977-9855044536 फोन गर्नुहोस् ।