श्री नेमधारी बासुदेव नमुना मा वि. मा कार्यारत शिक्षक राजमंगल प्रसाद जयसवालको भव्यता साथ बिदाई

212

रौतहट १९ फागुन ।। रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नं ७ श्री नेमधारी बासुदेव नमुना मा वि. मा कार्यारत शिक्षक राजमंगल प्रसाद जयसवालको भव्यता साथ बिदाई गरीएको छ । आज बिदाई समारोह गरी विद्यालयमा प्राध्यापक श्री रवि शंकर यादवको सभापतित्वमा विदाई कार्यक्रम भव्यता साथ सम्पन्न भयोको छ ।

यसै विद्यालयमा कार्यरत अनिवार्य अवकाश प्राप्त शिक्षक प्राथमिक द्वितीय श्रेणीका जयसवालले ३२ वर्ष शिक्षण पेशामा काम गर्न भएकोमा विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री रामेश्वर प्रसाद यादवले शिक्षक जयसवाल लाई दोसल्ला, माला र अविर लगाई विदाई गर्नु भयो ।

उक्त कार्यक्रममा वि.व्य.स.का सदस्य रामगणेश प्रसाद यादव, विधालयका शिक्षक, शिक्षिका, रामकिशोर प्रसाद यादव लगायत गाउँका समाजसेवी, बुद्धिजीवी सहीत सयौं अभिभावक तथा हजारौं विद्यार्थीहरु को बीच कार्यक्रम सभ्य एवम भव्य रूपमा समपन्न भयोको छ ।

साथै आयोजित कार्यक्रममा कक्षा १० साधारण धारणा विद्यार्थीहरुले फागुन २ र ३ गते गएको दुई दिवसीइ शैक्षिक अवलोक भ्रमणको विषयवस्तुलाई समेटेर तयार पारिएको मुडवलवादेखि मौलाकालीन सम्म रहेको यात्राका शीर्षकसंस्मरण कक्षा १० का विद्यार्थी धिरज कुमार यादवले त्यस यात्रा संस्मरणको समिक्षा प्र.अ. रवि शंकर यादवले प्रस्तुत गर्नभएको थियो ।