रौतहट जिल्लाको राजदेवी नपा वडा नं ७ मुडवालवा निवासी तथा जनकपुर टुडे राष्ट्रिय पत्रिका गौर सम्बादाता प्रख्यात पत्रकार राकेश कुमार यादव माथि यहीँ फाल्गुन १६ गते मंगलबार राति ८:०० बजेको क्रममा गौर होस्पिटल प्रा.लि.का संचालकले अभद्र दुर्ववहार, गालीगलौज र हातपात गरेको बिषयले दुखित बनाएको छ ।
पत्रकार यादव माथि जुन प्रकारले अशब्द भाषाको प्रयोग गरि गालीगलौज, धाकधम्की, कुटपिट गर्ने कार्य गरिएको छ यसको जतिसुकै निन्दा गरेपनि थोरै हुनेछ यस्तो क्रियाकलाप गर्ने माथि कडाभन्दा-कडा कार्वाहीको माग गर्दछु ।
यस घटनाको यथार्थ छानबिन गरि सम्बन्धित निकायले पत्रकार माथि पटक-पटक गौर लगायत जिल्लामा भइरहेको घटना, कुटपिट, गालीगलौज, दुर्ववहार लगायतको क्रियाकलाप प्रति गम्भीर भई सत्यतथ्य बाहिर ल्याई पीडितलाई न्यायको अनुभुती दिनुपर्छ ।