आश्रय निर्माण सेवा र साह निर्माण सेवाका चरम लापरबाहीका कारण कटहरिया नगरपालिकाको विकासमा नकारात्मक प्रभाव परेको नगरप्रमुख अजय प्रकाशकाे आरोप , तत्काल काम शुरु नगरे कार्वाहीको प्रकृया बढाउने चेतावनी

374

प्रेमचन्द्र झा भदौ १७ गते// गाैर ।रौतहट जिल्लाको कटहरिया नगरपालिकाको नगर प्रमुख अजय प्रकाश जैसवालले ठेक्का लिई कार्यलाई अलपत्र पारेको ठेकेदारलाई काम सम्पन गर्न अन्तिम पटक आग्रह गरेका छन ।जिल्लाको पश्चिमी भेगमा पर्ने कटहरिया नगरपालिका नगर प्रमुख जैसवालले शुक्रबार नगरपालिकाको कार्यकक्षमा पत्रकार सम्मेलनको आयोजना गरि आग्रह गर्नु भएको हो । सो पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नगर प्रमुख जैसवालले कटहरिया नगरपालिकाको भवन निर्माण देखि लिएर ढल निकास, बजार भवन, कोल्ड स्टोर्स लगायतका कामको ठेक्का लिएर निर्माण व्यवसायीहरु काम नगर्दा उनीहरुलाई छिटो काम सुरु गर्न आग्रह गर्दै छिटो भन्दा छिटो काम नगरे आवश्यक कारवाहीको भागी बन्न सक्ने अन्तिम पटक चेतावानी दिनु भएको छ ।नगरप्रमुख अजय प्रकाशले नगरपालिकाको भवन, बजार भवन, कोल्ड स्टोर्स, ढल निर्माण लगायतका विभिन्न कार्यहरुको ठेक्का सकार गरेर विगत दुई बर्ष देखि काम गर्न नसकेका निर्माण व्यवसायीहरु विरुद्ध कठोर बन्दै उक्त चेतावनी दिनु भएको हो । आश्रय निर्माण सेवा, साह निर्माण सेवा लगायतका विभिन्न निर्माण कम्पनीहरुले विगतको बर्षमा ठेक्का सकार गरेर पनि काम संचालनमा नल्याएकोमा दुख व्यक्त गर्दै नगरप्रमुख जैसवालले अन्तिम पटक संचारकर्मीहरुको मार्फत निर्माण व्यवसायीलाई काम सुचारु गरेर निर्माण सम्पन्न गर्ने तर्फ अग्रसर हुन व्यवसायीहरुसंग आग्रह गरेका छन् । विकास निर्माणको कार्यमा ढिलासुस्ती गरेर नगरलाई हानी नोक्सानी पुर्याउदै आएका व्यवसायीहरु संग पटक पटक छलफल गरेर आग्रह गर्दा उनीहरु अटेरी गर्न थालेपछि बाध्य भएर संचारकर्मी मार्फत अन्तिम पटक आग्रह गरिएको हो । यदी हाम्रो आग्रहलाई बेवास्ता गरियो भने नगरपालिका आवश्यक कारवाही प्रक्रिया उठाउन बाध्य हुने उहांले चेतावनी समेत दिनु भएको छ । विगत ४ बर्ष अघि कटहरिया बजार व्यवस्थापनको लागि लिएको ठेक्कामा जग उठाएर त्यसै अलपत्र छाडि दिएका छन । नगरपालिका भवन त्यसै अधुरो छाडिएको छ । छेदी चोकमा कोल्ड स्टोर्स भवनको जग मात्रै उठाइएको हो । त्यस्तै जनता आवास कार्यक्रम अलपत्र पारिएको लगायत विभिन्न एक दर्जन भन्दा योजनाहरु अलपत्र पारिएको अवस्थामा पटक पटक टेबुल वार्ता गरिए पनि सम्बन्धित निर्माण कम्पनीले वेवास्ता गरेको नगर प्रमुख जयसवालले आरोप लगाउनु भयो । निर्माण व्यवसायीहरु ढलको लागि साईड क्लीयर गर्न भनेपछि तत्कालै साइड पनि क्लीयर गरिएको तर काम गर्न अझै आनाकानी गरिरहदा संचार क्षेत्र मार्फत सम्बन्धित निकायलाई जानकारी गराइएको वहाँले बताउनु भयो ।