बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा विरोध र्याली (जुलुस) सम्पन्न

1193

अभय दुबे ।।बारा।।पुस १३ प्रधानमन्त्री के. पि. शर्मा ओली द्वारा गरियेको संसद विघटन असंवैधानिक अलोकतान्त्रिक , सर्वसत्तावादी र भ्रष्टाचारको विरुद्ध आज बारा क्षेत्र न. १ को कोल्हवीमा नेपाली लाग्रेसको विशाल बिरोध र्याली ( जुलुस) प्रदर्सन भएको छ । नेपाली काग्रेस क्षेत्र न. १ को सभापति बिजय शंकर यादव को नेतृत्व मा कोल्हवी बजार बाट निस्केका सो बिरोल र्याली पुरै कोल्हवी बजार परिक्रमा गरि पुन: कोल्हवी बजारमा आई कोणसभा मा परिणत भएको छ । सो कोणसभा लाई सम्बोधन गर्दै प्रमुख अतिथी नेपाली काग्रेस बारा को कोषाध्यक्ष चन्द्रशेखर प्रसाद यादव ले बताउनु भयो कि प्रधानमन्त्री के पि ओली द्वारा चालियेको संसद विघटन काे कदम असंवैधानिक, अलोकतान्त्रिक , सर्वसत्तावादी र भ्रष्टाचारी सिद्ध भाइ सकेको छ । ओलीले जुन प्रकारले नेपाली जनताले बनायेको संरचनालाई भाचेको छ ।

No description available.

अब नेपाली जनता कहिले पनि माफ गर्दैन । आज राजतन्त्र बाट लोक तंत्र ल्याउनमा सबै जना मिलेर ल्याउन सक्षम भयौ । संविधानमा कतै न लेखेको,कानुनी प्रक्रियामा न भएको र आफ्नो सल्लाहाकार सङ्ग न सोधी जुन यो कदम चालेको छ ।यो एउटा ठूलो गल्ती हो । नेपाली काग्रेस जुन कि सही बिपक्ष्को भुमिका निर्वाहगरी रहेको बेला ओलीको कदमले नेपाली काग्रेसलाई पनि झुकाउन कोसिस गर्यो तर मेरो चाईलेन्ज छ । कुनै पनि पार्टी ले नेपाली काग्रेसलाई झुकाउन सक्दैन । हामी संसद बहाली गरायेर नै छाडछौ ।

No description available.

बारा क्षेत्र न १ को सभापति बिजयशन्कर यादवको अध्यक्षता मा भएको सो कोणसभामा निम्न वक्ताहरुले आफनो बिचार मार्फत प्रधानमन्त्री के पी ओली द्वारा चालियेको असंवैधानिक अलोकतान्त्रिक कदमको बिरोध गरेका थियो । उक्त विरोध प्रदर्शनमा नेपाली काग्रेस महा समिती सदस्य उपेन्द्र जयसबाल , प्रजातान्त्रिक सेनानी बाराको अध्यक्ष किशोर नेपाल , ने का बारा को पुर्ब कोषा रामनरेश कान्त कुशवाहा , बारा निजगढ सभापति महेश कुवर,नेत्री रामदुलारी घले लगायेतका उपस्थिति रहेको थियो । कोणसभा को स्वागत मन्तब्य सीता मैनालीले गरेका थियो भन्ने कार्यक्रमको सन्चालन पत्रकार सिकेन्द्र पासवान ले गरेका थिये ।