मालपोत कार्यालय गरुडालाइ अति आवश्यक सामाग्री सहयोग

104

रौतहट । रौतहटको गरुडा नगरपालिकाले मालपोत कार्यालय गरुडालाई कार्यालय सञ्चालनमा आवश्यक पर्ने सामाग्रीहरु एक कार्यक्रमवीच सहयोग गरेको छ । गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जयसवालले गरुडास्थित रहेको मालपोत कार्यालयलाई लाखौं रुपैयाँ बराबरको कार्यालय सञ्चालन कार्यमा प्रयोग हुने सामाग्रीहरु मंगलबार हस्तान्तरण गरेका छन ।
मालपोत कार्यालय गरुडालाई सवारी साधन मोटरसाइकल १५० सि.सि. १ थान,मेसिनरी तथा औजार डेस्कटप २ थान,प्रीन्टर १ थान,युपिएस २ थान,सिलिङ पंखा ५ थान,फर्निचर तथा फिक्वर्स ३ सिटर कुर्सी ३ थान,फिक्स कुर्सी ४ थान लगायत आवश्यक पर्ने १८ प्रकार सामग्रीहरू सहयोग गरिएको हो ।
सवारी साधनको अभावमा कर्मचारी समयमा कार्यालय आउन नसक्दा सेवा प्रवाहमा ढिलाई हुने,कार्यालय भित्र राख्न र बाहिर सेवाग्राहीलाई बस्ने कुर्सी नहुँदा सेवाग्राहीलाई बस्न समस्या भइरहेको,पंखा र डेकस्टप तथा यूपिएसको अभावमा समेत काम गर्न समस्या भएको कार्यालयबाट व्यापक गुनासो आएपछि पालिकाको तर्फबाट मालपोत कार्यालयलाई उक्त सामग्री सहयोग स्वरुप उपलब्ध गराएको नगर प्रमुख जयसवालले बताएका छन् ।
मालपोत कार्यालयबाट नै उक्त सामग्रीहरु सहयोग गर्न माग भइ आएकाले कार्यपालिकाको बैठकले निर्णय अनुसार पालिकाबाट उक्त सामानहरु उपलब्ध गराइएको नगर प्रमुख जयसवालले बताए ।
पालिकाले उपलब्ध गराएको सहयोगले कर्मचारीहरुलाई कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरुलाई छिटो छरितोले सेवा दिन सहज हुने र सहयोग पुग्ने अपेक्षा गरिएको भनाइ छ । कार्यालयलाई आवश्यक पर्ने र कार्यालय सञ्चालनमा सहयोग पुग्ने सामग्री प्रदान गरिदिनु भएकोमा गरुडाका नगर प्रमुख जयसवाललाई मालपोतका प्रमुख पाठकले धन्यवाद व्यक्त गरेका छन् ।
उक्त हस्तान्तरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मुस्ताक आलम, समाजसेवी सैलेश जयसवाल,स्वस्थ्य संयोजक प्रवीण झा,मालपोतका लेखा प्रमुख नवीन यादव,जिन्सी प्रमुख मुकेश कुमार साह,भद्रभलादमी बुद्धिजिबी,कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।