रौतहट २० माघ ।। रौतहटको जिल्लाको मौलापुर नगरपालिका द्वारा नियम विपरीत मनपरी ढंगले लाल बकैया नदिमा माटो उत्खनन गरिरहेको स्थानिय किसानहरुले बताएको छ । नगरपालिकाको वडा ४ बौधा पतवरा लाल बकैया नदिमा मनपरी ढंगले नियम विपरीत मौलापुर नगरपालिकाले माटो उत्खनन गरेको भन्दै स्थानिय किसानहरु आन्दोलित बनेका छन् ।
मौलापुर नगरपालिकाले शहरीकरणको नाममा लालबकैया नदीबाट सयौं बिग्हा किसानको खेतबाट अबैध तरिकाले माटो उत्खनन गरी जग्गाको भौतिक संरचना बिगारेको र पुल नजिक नै माटो खनेको कारण वर्षाको समयमा पुलसहित नदिको मुख्य धार नै परिवर्तन भई नदिको पूर्व तर्फ रहेको बाधमा क्षति पुग्ने स्थानिय किसानहरुको बुझाई रहेको छ ।
जग्गा धनीलाई कुनै किसिमको जानकारी नै नगराई क्षतिपूर्ति समेत नदिई माटो उत्त्खान्न गरिएको छ । बौद्धिमाई, देवाही गोनाही र मौलापुर नगरपालिका बिचमा पर्ने लालबकैया नदी बाट मनपरी तरिकाले करिब ८ देखि लिएर ११ फिट सम्म गहिरो गरि उत्खनन गरिएको छ । गरिएको उत्खनन बाट बौद्धिमाई नगरपालिकाको बौधा,मौलापुर नगरपालिकाको पतवरा,देवाही गोनाही नगरपालिकाको टिकुलिया, इनर्वा , कर्कच लाई बिनास गर्ने उदेस्यले पुर्व मन्त्रि प्रभु साहले गुण्ड गर्दी स्टयिलमा नदिको बहाव परिवर्तन हुने गरी उत्खनन गरिएको ने. क. पा. युवा संघ नेपाल का नेता रामकल्याण यादवले बताएका छन ।
उत्खनन रोक्न किसानहरु पटक पटक भने पनि नरोके पछि उत्खनन गरिरहेको दुइवटा स्कार्वेटर कब्जामा लीई देवाही गोनाही ई. प्र. का मा बुझाएका छन । पिडित किसानहरु प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीलाइ अनुगमन निरिक्षण गर्न आग्रह गरेपछि बिहान आउन भनेको थियो तर प्र.जि.अ. शाहीले दिउसो ३ बजे सम्म नआउदा आक्रोशित पिडितहरुले आज बाटो जाम गरेर विरोध प्रदर्शन गर्न शुरु गरेको छ । प्र.जि.अ. शाही भोलि अनुगमन निरिक्षण गर्न आउने फोन मार्फत बाचा गरेपछि आन्दोलित किसानहरु बाटो सुचारु गरेका छन ।