आधारभुत पत्रकारितासम्बन्धी ७ दिने तालिम सम्पन्न

828

रौतहट १३ माघ । रौतहटको दुर्गाभगवती गाउँपालिकामा एक हप्ते आधारभूत पत्रकारिता तालिम समापन भएको छ । दुर्गा भगवती ९६.६ मेगाहर्ज दुर्गा भगवती गाउँपालिका वार्ड न. २ ,रौतहटले आयोजना गरेको आधारभुत तालिम शुक्रबार सम्पन्न भएको हो ।

सो तालिमको समापन कार्यक्रममा दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष अरुण कुमार साहले समाजको बास्तविकतालाई उठान गरी सूसुचित वातारण निमार्ण गर्न पत्रकार तथा सञ्चार जगतको भुमिका महत्वपुर्ण हुने बताए ।

No description available.

अध्यक्ष साहले समाज परिवर्तनमा सञ्चार माध्यामले खेलेको भूमिका अतुलनिय रहेको उल्लेख गरे । उनले समाजमा हुने बिकृति बिसङगतिलाई सुधार गरी सभ्य समाज निमार्ण गर्न आम सञ्चार माध्यमको ठूलो योगदान गरेको पनि बताए ।
सो कार्यक्रममा मुख्य प्रशिक्षण चंचल झालाई दुर्गाभगवती गाउँपालिकाका अध्यक्ष अरुण कुमार साहद्धारा सम्मानित गरेको छ ।

No description available.

७ दिनसम्म सञ्चालन भएको तालिममा मुख्य प्रशिक्षक चंचल झा, नेपाल पत्रकार महासघं रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झाले पत्रकारिता तथा प्राबिधिक सम्बन्धी प्रशिक्षण दिएका थिए ।
माघ ७ गतेबाट सुरु भएको तालिममा रौतहटको दुर्गाभगवती गाउँपालिकाका गरी ३० जनाको सहभागीता रहेको तालिम संयोजक तथा रेडियो दुर्गा भगवती ९६.६ मेगाहर्जका स्टेशन म्यानेजर प्रवीण शार्माले बताए ।

No description available.


दुर्गा भगवती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश यादब, रौतहट टुडे अनलाईनका अध्यक्ष जितेन्द्र दास,पत्रकार दिलीप पाण्डेय ,बैनु सहनी सहभागिता रहेको थियो ।