धर्मेन्द्र कुमार साह
३ माघ २०७८
तिला सकरात भनिन्ने माघे संक्रान्ति सकेको छ । घर घरमा लाई (लड्डु ) बनाइएको छ । रौतहटको सदरमुकाम गौरको वार्ड नम्बर २ मा रहेको अति बिपन्न मुसहर वस्तीमा रहेका ६ जना बालबालिका भुजाको लड्डु खादै छ । तर तिनीहरुको खुट्टामा चप्पल छैन । भिषण शितलहर चलिरहदा समेत बिना चप्पलाकै ति बाल बालिकाहरु ख्यालठट्टा गर्दै हास्दै छन । रौतहटको सदरमुकाम गौरको वार्ड नम्बर २ मा रहेको मुशाहर वस्तीमा शनिवार बिहानै यस्तै दृष्य थियो । रौतहट लगायत प्रदेश नम्बर २ का अधिकांश जिल्लाहरुमा पछिल्लो दिन देखि शितलहर चलेको छ । शितलहर सुरु हुन् साथ अति बिपन्न गरिव वस्तीको जनजीवन कष्टकर बन्दै गएको छ । राजदेव माझि ६४ बर्षको हुनु भयो । वहाले अझै पनि कपास भएको सिरक ओढन पाएको छैन । जाडो बढयो कि परालको ओछ्यान र ओढनलाई चटाइ ( गुन्द्री ) कै भर हुन्छ । उनको घरमा उनि सहित करिब ६२ बर्षीय श्रीमती ,४ जना छोरा र बुहारी तथा ११ जना बालबालिका सहित १७ जना छन् तर घर भन्ने फुसको छाप्रो भएको २ कोट्ठेघर मात्रै छ । घरमा शितलहरबाट बाच्न पराल र परालले नै बनेको गुन्द्री बाहेक केहि छैन । उनले बिगत दुइ रात देखि सुत्न नपाएको बताउछन । “ पुषमा नलागेको जाडो माघमा लागेको छ ,घरमा ओढनलाइ दुइ ओटा सुकुल र ३ ओटा कम्बल बाहेक केहि छैन, बच्चा र महिलाहरुले त्यहि ओढछन । म परालानै ओढेर सुत्छु “ राजदेव माझि बताउछन िउनको घरमा ११ जना बालबालिकाहरु छन् तर घरमा भन्ने ४ जोरी चप्पल मात्रै रहेको छ िबालबालिकाहरु चप्पल बिनानै बस्न बाध्य भएको छ ।
चनर दिपिया देवी माझि सो हि टोलका महिला हुन् । उनि घरको नाउमा रहेको सानो फुसको झोपडी अगाडि रुखको पात र परालमा आगो सल्काउदै छन । हल्का रातो रंगको सारी लगाएकी उनि एउटा पातलो स्विटर र साल ओढेकी छन िउनि सालले नै कान समेत छोपेकी छन । उनको उमेर समेत थाहा छैन । उनले आफ्नो उमेर अन्दाजी ५२ बर्ष रहेको बताउछन । उनको घरमा सुत्नलाई एउटा खाट राखिएको छ । अनि खाट माथिनै कुनै समयको प्रख्यात बनस्पति घ्युको डब्बामा राखिएको थोरै चामल पनि राखिएको छ । खाटमा पराल राखिएको र पराल माथि परालकै बनेको गुन्द्री राखिएको छ । तर ओढनलाई एउटा पातलो कम्बल छ । उनि त्यहि कम्बलको भरमा आफ्नो रात काट्दै आएको बताउछन । उनले कम्बल माथिबाट पनि एउटा गुन्द्री ओढछन । “ गुन्द्री ओढे पछि चिसो लाग्दैन ,अनि सुत्ने गरेको छु । अब धेरै दिन चिसो पनि छैन, “ उनले भनिन । उनले आफ्नै भाषामा “ पछिया बेयार बहते चिन्ता होए लागले “ बताउनुदै हास्नु हुन्छ । रजकलिया देवी माझि उनको पडोसि हुन् । पक्कि घर भएपनि उनको घरको माथि छाना छैन । जनता आवास कार्यक्रममा उनको घर बनाइएपनि दुइ बर्ष देखि घरको छानो छैन । उनको सुत्ने र खाना बनाउने कोठा एउटै हो । त्यसैको छेउमा एउटा सानो झुपडी रहेको छ जसमा उनले खाना बनाउने सुकेको पात र दुइटा बाख्रा राखेको छ । उनले त्यहि घरमा आफ्नो लागि आगोको ब्यबस्था गरेकी छिन । उनि शितलहर चलेको राति घरमा चिसोले निदाउन नपाएपछि सो आगो नजदिक बसेर राति काटेको बताउछन । “ गरिबीको पिडा अरुलाई थाहा हुदैन । यस बर्ष जाडोमा ओढन सिरक किन्न भन्नि ५ हजार मोहर पैसा राखेकी थिए तर बन्दिमा सबै पैसा सक्यो , अब काम चल्यो भन्ने सुरजको पापाले अघिल्लो साल किन्छु भनेको छ “ उनले बताइन । उनले बोलेको बन्दिको अर्थ लकडाउन हो ।
इश्नाथ नगरपालिकाको वार्ड नम्बर २ मा एक मुसहर वस्ती रहेको छ । औरिया हिमालिवास जोड्ने मुख्य सडक खण्डको छेउमै करिब ३५ घर परिवार मुसहरको वस्ती हो । रमकलिया देवी मूसहरानी सो टोलका स्थानिय वाहि हुन् । उनि माघको पहिलो साता चलेको शितलहरले अति प्रभावित बनेकी बताउछन । “ घाम लाग्दा सम्म ठिक्कै हो, अचेल घाम लाग्न छोडेकोले राति सुत्ने सकिदैन । “ उनले बताइन । उनको घरमा पनि परालकै ओछ्यान रहेको छ । उनको खुट्टामा चप्पल समेत रहेको छैन । उनको लागि चप्पल नहुनु कुनै ठुलो कुरो होइन । तर आफ्नो नातिलाई चप्पल किनेर खुसि छन् । “ मैले यस पालि आफ्नो नातिलाई चप्पल किनी दिएको छु । गौर गएर ८० रुपैया मोहरमा किनेको चप्पलले नाति खुसि बनेको छ । आफ्नो लागि भन्ने पैसा नपुगेर किन सकेको छैन “ उनि बताउ छन् ।
यसरि बर्षेनी पुष माघमा तराईको जिल्लाहरुमा चल्ने शितलहरले अति बिपन्न मानिएको मुषहर वस्ती नराम्री प्रभावित हुने गर्छ । शितालाहरको समस्या बर्षेनी भएपनि सम्बन्धित थानीय तह तथा जिल्ला विपद ब्यबस्थापन समितिले पुर्व तयारी भन्ने गरेको पाइदैन । केहि संघ संस्थाले भन्ने आफ्नो स्तरमा केहि सिमित स्थानहरुमा राहत स्वरुप कपडाहरु बितरण गरेको पाइएको छ ।
चिसो बढे संगै बिधालयहरु बन्द हुन् थाले
माघको पहिलो साता देखि सुरु भएको शितलहरले जानजीवन अस्तव्यस्त बनाएको छ । जाडो बढ्न थाले पछी रौतहटका बिधालयहरु धमाधाम बन्द हुन् थालेको हो । रौतहटको गौर , राजदेवी, राजापुर लगायतका स्थानिय तहहरुले ३ दिनको लागि सबै किसिमको पठन पाठन बन्द गर्न निर्देशन दिएको हो । गौर नगरपालिकाले भन्ने नगरका मुख्य स्थानहरुमा आगो तापन लकडिको ब्यबस्थापन समेत गरेको छ ।