महिलाहरुलाई वितिय शिक्षा महत्वपूर्ण मेयर गुप्ता

576

रौतहट १३ पौष
गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले पुरुष भन्दा बढी महिला इमान्दार रहेको बताएका छन् ! गौर नगरपालिका वडा नम्बर ४ मा नेपाल सरकारको उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय ग्रामिण उधम तथा विप्रेषण आयोजना समृद्धिको आयोजना तथा नरनारी दुग्ध उत्पदन कृषक सहकारी र राधा कृषण दुग्ध उत्पादन कृषक सहकारीको संयुक्त आयोजनामा आयोजित वितिय शिक्षा तथा व्यवसायिक ज्ञान तालिम २ को उदघाटन गर्दै मेयर गुप्ताले यस्तो बताउनु भएको हो !
महिलाहरुलाई सशक्तिकरणको लागि सिपको साथ साथै वितिय शिक्षाको ज्ञान अति आवश्यक भएको बताउदै तालिम उपयोगी हुने बताए ! दुधको उत्पादन गर्दा विक्री वितरण गर्नु पर्ने भएकोले आए व्ययको लेखा जोखा राख्न वितिय शिक्षा जरुरि रहेको बताए !
पुरुषको तुलनामा महिला आफ्नो दायित्व प्रति बढी जिम्मेवार रहेको उल्लेख गर्दै मेयर गुप्ताले महिलाहरुलाई आर्थिक रुपमा सवल र सक्षम बनाउन गौर नगरपालिका सक्रिय रहेको जनाए !
राम जपू यादवको अध्यक्षतामा भएको तालिम उदघाटन कार्यक्रममा वडा अध्यक्ष भुनेश्वर साही , समृद्धि परियोजनाको रौतहट बारा संयोजक उतिमलाल चौरसिया , विद्यार्थी नेता ओम प्रकाश मधेशिया लगायत संचारकर्मीहरुको सहभागिता रहेको थियो !
३५ दिन सम्म संचालन हुने सो तालिममा दुवै समुहबाट ६० जना महिला उधमिहरुको सहभागी रहेको छ ! सहभागीहरुलाई हिसाव किताव कसरि राख्ने भन्ने विषयमा जानकारी गराइने समृधिका चौरसिया ले जानकारी दिएका छन् !
यस्तै गौर नगरपालिका वडा नम्बर ७ सिसवामा १०५ जना जेष्ठ नागरिक महिला पुरुषलाइ न्यानो कपडा बाडिएको छ ! नगर प्रमुख गुप्ताले जेष्ठ नागरिक सम्मान अभियान अन्तर्गत कम्बल , दोसल्ला , टर्च , च्यावनप्रासले जेष्ठ नागरिकहरुलाई सम्मान गरेको हो ! सो कार्यक्रममा वडा अध्यक्ष मजहर खा , निमित प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुर , योजना फाट प्रमुख जितेन्द्र भारती लगायत पत्रकार हरुको उपस्थति रहेको थियो !