रौतहट । त्रिशूलीमा बेपत्ता बससँगै मृत्यु भएका रौतहट जिल्लाको बौधीमाई नगरपालिकाका ११ जनाका परिवारलाई नगर प्रमुख प्रदिप यादबले नगद सहयोग गरेका छन् । यही असार २८ गते काठमाडौंबाट गौर आउँदै गरेको गणपति बसमा सवार रहेका बौधीमाई नगरपालिकाका ११ जनाको परिवारलाई नगरपालिकाको तर्फबाट नगर प्रमुख यादबले राहत स्वरुप सहयोग उपलब्ध गराएको नगर प्रमुख यादवले बताएका छन ।नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा काठमाडौंबाट गौर आउँदै गरेको गणपति डीलक्स त्रिशूली नदीमा खस्दा बौधी नगरपालिका– १ हरिश्चन्द्र यादव र बलि पटेल , वार्ड नं २ राज कुमार पटेल, वार्ड नं ३ पशुराम साह र उहाँको श्रीमती ,वार्ड नं ४ शलेन्दर पटेल, गुडू प्रसाद पटेल, प्रिन्स जयसवाल, वार्ड नं ७ अमृता कुमारी र निजकै छोरा शिवशंकर यादव छोरी पृती कुमारीको मृत्यु भएकाले मृतकका परिवारलाई तत्काल नगद बापत चेक उपलब्ध गराइएको नगरप्रमुख यादबले जानकारी दिए । बस दुर्घटनामा ज्यान गुमाएका ११ जनाको परिवारलाई जनही ५० हजारको चेक दिइएको प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादबले जानकारी दिए ।राहत बापत चेक हस्तान्तरण गर्ने क्रममा नगरप्रमुख प्रदिप यादब , प्रमुख प्रशासकीय अधिकृत, वार्ड १ का वार्ड अध्यक्ष रामजोधी राउत कुर्मी, वार्ड नं २ का वार्ड अध्यक्ष धर्मेन्द्र प्रसाद पटेल , वार्ड ३ का वार्ड अध्यक्ष मनिभुषण साह ,वार्ड नं ४ का वार्ड अध्यक्ष तुरन्त नारायण यादव ,वार्ड नं ५ का वार्ड अध्यक्ष लक्ष्मी नारायण यादव ,वार्ड नं ९ का वार्ड अध्यक्ष मुक्ति नारायण मिश्र , लेखापाल अरबिन्द यादबको सहभागीता रहेको थियो ।उनीहरुले बस दुर्घटनामा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै खोजी कार्यलाई निरन्तरता दिन सरकारसँग माग समेत गरेका छन् । मृतकका परिवारलाइ क्षतिपूर्ति समेत उपलब्ध गराउन नेपाल सरकारसँग उनीहरुको माग छ ।
Home मुख्य समाचार त्रिशूलीमा ज्यान गुमाएको परिवारलाई बौधीमाई नगरपालिकाका ११ जनाका परिवारलाई नगर प्रमुख यादबले...