आफैले चलाएको मोटरसाइकल बिधुत पोलमा ठोकिएर एकजना विद्यार्थी नेताको मृत्यु

935

रौतहट १२ कार्तिक । । रौतहट स्थित आफैले चलाएको मोटरसाइकल बिधुत पोलमा ठोकिएर एकजना विद्यार्थी नेताको मृत्यु भएको छ । मोटरसाइकलमा सवार अर्का एकजना घाईते भएका छन । चन्द्रपुर बाट घरजाने क्रममा दुर्घटनामा परेर समाजवादी विद्यार्थी युनियन रौतहट जिल्लाको उपाध्यक्ष गरुडा न.पा. महम्मदपुरका २५ बर्षिय अभय यादवको मृत्यु भएको हो । यादवले चलाएको मोटरसाइकल  गौर चन्द्रपुर सडकखण्डको बसन्तपुर एरियामा गएराती ११ बजे अनियंत्रित भएर छेउकै बिधुत पोलमा ठोकिएको थियो । दुर्घटनामा परेर विद्यार्थी नेता यादवको मृत्यु भएको छभने पछाडी बसेका गरुडा ४ का ३० बर्षिय नवलकिशोर पटेल घाइते भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी लिलाराज लामिछानेले बताएका छन ।घाइते पटेलको चन्द्रपुर अस्पतालमा उपचार भैरहेको छ। दुर्घटनाको कारण बारे अनसंधान भैरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।