नेपाल महिला संघ क्रान्तिकारीको नगर सम्मेलन सम्पन्न

668

रौतहट, ८ असोज । रौतहटको दुर्गा भगवती गाउँपालिकामा अखिल नेपाल महिला संघ क्रान्तिकारीको प्रथम नगर सम्मेलन सम्पन्न भएको छ । शुक्रबार माओवादीका नेता तथा यमुनामाई गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद मुखियाको प्रमुख आतिथ्यमा नगर सम्मेलन सम्पन्न भएको हो ।

No description available.

सम्मेलनमा मन्तव्य राख्दै प्रमुख अतिथि मुखियाले महिला सहभागिताको विरासतको रक्षा गर्दै अबको एकीकृत जनक्रान्तिमा पनि महिलाहरुको अहम भूमिका रहने बताए । उनले समाजमा महिलाविरोधी वातावरण र गतिविधि बढ्दै जानु र संहिताहरुमा अंश र बंशका बारेमा महिलालाई वास्तविक अधिकार दिन अनकनाउनुले महिला अधिकार प्राप्तिका लागि अझैं मार्ग प्रशस्त हुन नसकेको कुरामा प्रकाश पारेका थिए । कार्यक्रममा उनेले अखिल नेपाल महिला संघ क्रान्तिकारीको के हो भने बारेमा पनि प्रष्ट पार्नु भएको थियो ।

No description available.

कार्यक्रममा दुर्गा भगवती गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष धर्मेन्द्र कुमार उर्फ डिके झले जनयुद्धमा आफ्नो अधिकार प्राप्तिका लागि बन्दुक बोक्ने आँट गर्ने साहसिक महिलाहरुले एकीकृत जनक्रान्तिको बाटोमा दलाल पुँजीवादी सत्ताको जेल, नेल, दमन, हिरासतको प्रवाह नगरी निरन्तर क्रान्तिको पक्षमा अघि बढेको जिकिर गरे् । उने भने महिलाहरुले यो संगठनमा रहि आफ्नो अधिकारको लडाई लडनु नौ पर्छ भने कुरा बताए ।

सो कार्यक्रममा दुर्गा भगवती गाउपालिका अध्यक्ष प्रत्यासी शम्भु सिंहले भने आधुनिक समाजमा महिलाहरुलाई दलाल सत्ताले बिक्रि गर्ने वस्तुको रुपमा प्रयोग गरेको भन्दै संसदीय व्यवस्थाको चिहान खन्न एकपटक फेरि महिलाहरु विद्रोह गर्न तयार रहनुपर्ने बताए । उनले अहिले ठूल्ठूला आन्दोलनहरु उठ्न नसकिरहेको अवस्थामा जनजीविकाका साथै महिला हिंसा र महिलाविरोधी गतिविधिहरुलाई उठाएर सडकमा लैजानु पर्ने कुरामा जोड दिएका थिए ।

No description available.

सो सम्मेलनमा नगर कमिटीको अध्यक्षमा मिना देवी दास चयन हुनु भएको छ । मिना देवी दासको अक्ष्यक्षतामा ३५ सदस्यीय नगर कमिटी गठन गर्एिको हो ।
कार्यक्रममा नेकपा माओबादीका हजारौ नेता तथा कार्यकताहरुको सहभागीता रहेको थियो ।