समान र न्यायीक समाजको लागि लैङ्गिक हिंसा न्यूनीकरण परियोजना कार्यक्रम सम्पन्न

1275

रौतहट ।। समान र न्यायीक समाजको लागि लैङ्गिक हिंसा न्यूनीकरण परियोजना ग्रामीण विकास केन्द्र नेपाल रौतहट पीडित केन्द्रित दृष्टिकोणलाईबाट लैङ्गिक हिंसाका मुद्दाहरुलाइ घटाउने र सम्बोधन गर्ने सामुदायिक स्तरको कार्ययोजना विकास संग परामर्श कार्यशाला कार्यक्रम आज रौतहटको साइमन होटेलमा सम्पन्न भएको छ । रौतहटको सदरमुकाम गौरमा ग्रामीण विकास केन्द्र आर डी सी नेपाल को आयोजना र नेपाल पत्रकार महासंघ रौतहटको सहकार्यमा लिङ्ग र लैङ्गिकतामा आधारित हिंसा न्यूनीकरण र सम्बोधनमा मिडियाको भुमिकाबारे एकदिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।। गौरको बि. पी. चोकमा रहेको साइमन होटेलको सभाहलमा आयोजना गरिएको एक दिवसीय प्रशिक्षण कार्यक्रम संचालन भएको कार्यक्रमममा प्रशिक्षकको रुपमा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष धर्मेन्द्र झा ले प्रशिक्षण गराउनुभयो।

अन्य जिल्ला को तुलनामा यस रौतहट जिल्लामा लैङ्गिकताको विभेद बढी भए तापनि यस बिषयबारे मिडिया र संचारकर्मीको चासो न्यून देखिएकोले कलम चलाउन उत्प्रेरित गर्ने उद्देश्य ले ग्रामीण विकास केन्द्र नेपालले लिङ्ग र लैङ्गिकतामा मिडियाको भुमिकाबारे एकदिवसीय प्रशिक्षण गराइएको हो।

प्रशिक्षण कार्यक्रममा नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झा , नेपाल पत्रकार महासंघ रौतहटका पुर्व अध्यक्ष रबिन्द्र शाह , नेपाल पत्रकार महासघ मधेस प्रदेश कार्य समिती सदस्य शैलेन्द्र झा, बरिष्ट पत्रकार प्रभात झा , बिभिन्न संचार माध्यमका संचारकर्मी लगायत ग्रामीण विकास केन्द्र नेपालका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।