प्रदेश संसद रामकिशोर यादवद्वारा ८८ छात्राहरूलाई साईकिल बितरण

1376

रौतहट १६ साउन ।। रौतहट जिल्लाको मौलापुर नगरपलिका वर्ड नं ६ स्थित रहेको श्री उच्च माध्यमिक बिधालय पथरा बुधराममा अध्यनरत ८८ छात्राहरूलाई साइकिल बितरण गरिएको छ ।

प्रदेश नं २ को सब भन्दा लोक प्रिय कार्यक्रम बेटी पढाऊ बेटी बचाऊ अंतर्गत आज श्री उच्च माध्यमिक बिधालयका कक्षा ८ मा अध्यनरत८८ छात्राहरूलाई प्रदेश संसद रामकिशोर यादव द्वारा साईकिल बितरण गरेएको छ भन्ने सोही बिधालयको शिकक्ष सुरेश जयसवाल जानकारी गराऊनु भयो ।

साइकिल बितरण कार्यक्रमको प्रमुख अतिथीको रुपमा प्रदेश का प्रदेश संसद रामकिशोर यादव, विशिष्ट अतिथी सो ही वार्ड को वर्ड अध्यक्ष उपेन्द्र जयसवाल, उदघोषक प्रमोद यादव, सो ही वार्ड को वार्ड अध्यक्ष प्रत्याशी तथा कांग्रेसको युवा नेता बिबेक यादव लगायत उक्त कार्यक्रम को अध्यक्ष श्री उच्च माध्यमिक बिधालय पथरा बुधरामको शिकक्ष सुरेन्द्र कुशवाहा रहनु भएको थियो ।

जनता समाजवादी पार्टी युवा सँगको प्रदेश सदस्य तथा युवा नेता लखिन्द्र यादव ज्यूको बिशेष सहयोगमा छात्राहरूलाई साईकिल प्रदान गरिएको छ ।

सो कार्यक्रममा मौलापुरको नगरपालिका वार्ड नं ६ को वार्ड अध्यक्ष उपेन्द्र जयसवाल, वार्ड नं ३ का वार्ड अध्यक्ष बीरबल राय यादव, युवा नेता राकेश यादव, कमोध यादव, शिक्षक, बिधार्थीहरू, सुरक्षाकर्मीहरू, संचारकर्मी लगायत स्थानीय समाजसेवीहरूको उपस्थित रहेको थियो ।