बिक्रान्त नेपालद्रारा पुर्व सचीव मण्डललाइ ५० हजारको सहयोग

189

रौतहट ।। निर्माण व्यवसायी संघ रौतहटका कोषाध्यक्ष एवं लोकप्रिय युवा विक्रान्त विक्रम नेपालले अत्यन्तै चिन्ताजनक अवस्थामा उपचारार्थ रहेका पत्रकार रविन्द्र मन्डललाइ गौर अस्पतालमै आएर पचास हजार रुपैया नगद सहयोग गरेका छन । नेपाल पत्रकार महासंघ रौतहटका पुर्व सचिव रबिन्द्र मण्डल आज जीवन र मृत्यु संग लडदै गौर अस्पतालमा भर्ना भएको छ । रकमको अभावमा डाक्टरले समेत उपचार गर्न नसकिने भने पछि बाध्यतामा गौर अस्पतालमा राखिएको छ ।

मा कल्याणी बस दुर्घटना हुँदा घाइते भइ उपचारको क्रममा रहनु भएका पत्रकार मन्डललाई बस संचालकले कुनै अवस्था न राखेपछि आफ्नो सम्पुर्ण सम्पत्ति बेचबिखन गरि उपचारमा खर्चमा लगाएको उनका श्रीमति बताउछिन् । नेपाल र भारतको नामुद अस्पतालमा उपचार गराउदै पैसाको अभावमा अब उपचार गराउन नसकिने हुदा अन्तिम अवस्था केही नलागेपछि गौर अस्पतालमा उपचारार्थको लागि इमेर्जेन्सिमा भर्ना गराएको छु । उनकी श्रीमति अँखा भरि आशु पुछ्दै बताउछिन । माधवनारायण नगरपालिकामा कार्यरत पत्रकार मण्डल कार्यालयको कामविषेशले काठमाडौ बाट फर्किने बेला बस दुर्घटना भएको थियोे । नगरपालिकाले पनि कुनै किसिमको सहयोग गरेनन् बताएकी छिन ।