रौतहट । कोरोना संक्रमनका कारण लोमो समय देखि बन्द रहेको रौतहटको मुख्य नाका गौर– बैरगनिया सिमा आज विहिबारबाट खुलेको छ । रौतहटको सिमा नाका खुलाउनु पर्ने माग गर्दै नागरिक समाजको अगुवाइमा प्रदर्शन तथा धर्ना कार्यक्रम निरन्तर हुदै आएको थियो ।
कोरोनाको निहँुमा मधेशीको स्वाभिमान र संस्कृति माथी आक्रमण गर्न बोर्डर बन्द गर्दै आएको जनता समाजवादी पार्टीका नेता अनिल सिंहले आरोप लगाउनु भयो । उहाले मधेसी समुदायको सम्बन्ध भारतीय नागरिकहरुसंग रहेको बताउनु हुदै नेपाल भारत सिमा नाका गौर नखुल्दा आफ्ना आफन्तका विभिन्न कार्यक्रमहरुमा सहकार्य गर्न तथा भेटघाट गर्न समेत नपाएको बताउनु भयो ।
सिमा नाका बन्द भएकाले आफन्तको मृत्यु हुदा समेत सहभागी हुन नदिने सरकार निन्र्दयी र मधेशी समुदायका सस्कृति तथा स्वाभिमानलाई अन्त्य गर्ने जालको संज्ञा दिएका छन । विहिबारबाट खुल्ला गरेको नाका तत्कालका लागी शव वाहन, एम्बुलेन्स, पैदल यात्री र जयन्तीका गाडीहरु आवतजावत गर्न मात्र पाउने भएको हो । भारतीय पक्षबाट नाका खुल्ला नगरेकाले तत्काल आवतजावतमा सहज परिस्थिती नआउने उनीहरुको भनाइ रहेको छ ।
भारतीय पक्षले पनि नाका खुलाएमा आवतजावतमा सहजता हुने जनाइएको छ ।
भारतिय सिमा नाका खोल्नु पर्ने माग राख्दै निरन्तर अभियान थाल्नु हुने नागरिक समाजका अध्यक्ष जगन्नाथ केशरी,जसपा नेताहरु रेवन्त झा,अजय गुप्ता,अनिल सिंह लगायतका सिमा नाका खुलाउने अभियानमा धर्ना बस्दै आउनु भएका नेता कार्यकर्ताहरुले नेपालतर्फबाट सिमा खुल्ला गरेकोमा खुशी ब्यक्त गर्नु भएको छ । भारतीय पक्षलाई पनि सिाम नाका खुल्ला गराउन संघर्षका कार्यक्रम गर्न जनाएका छन ।