वृन्दावनमा मेयर प्रीमियर T-20नकआउट क्रीकेट प्रतियोगिता आज देखि सुरु

1451

रौतहट ,९ मङ्सिर ।रौतहटको वृन्दावन नगरपालिका वर्डा नम्बर ३ मा वृन्दावन मेयर प्रीमियर T-20नकआउट क्रीकेट प्रतियोगिता आज देखि सुरु भएको छ।
स्थानीय महिला तथा बाल विकास केन्द्र नेपाल वृन्दावन नगरपालिका वर्डा नम्बर ३, रौतहटद्वारा संचालित नकआउट क्रीकेट प्रतियोगिता २०७७ श्री जनशक्ति युवा क्लब क्रीकेट टिम विश्रामपुरको आयोजनामा र वृन्दावन नगरपालिकाको आर्थिक सहयोगमा वृन्दावन मेयर प्रीमियर T-20नकआउट क्रीकेट प्रतियोगिता वृन्दावन नगरपालिका वर्डा नम्बर ३ को स्वास्थ्य चौकी कार्यालय छेउको प्राङ्गणमा सुरुवात गरिएको छ।

वृन्दावन नगरपालिकाको मेयर रामस्नेही राय यादवद्वारा
वृन्दावन प्रीमियर T-20 नकआउट क्रीकेट प्रतियोगिता २०७७को उद्घाटन फिता काटेर गरिएको थियो।
कार्यक्रम मेयर रामस्नेही राय यादवको प्रमुख आतिथ्यमा र विशिष्ट अतिथि वृन्दावन नगरपालिकाको प्रमुख प्रशासकी अधिकृत नागेन्द्र प्रसाद यादव एव नेकपा तर्फबाट मेयर प्रत्यासी राम प्रसाद राउत रहेका थिए।
मेयर रामस्नेही राय यादवले बैटीङ्ग तथा बोलिङ्ग प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र प्रसाद यादव एवं नेकपा नेता राम प्रसाद राउतद्वारा गरिए पश्चताप खेल सुरु हुन लागेको छ।
मेयर रामस्नेही राय यादवले सम्बोधन गर्दै भने वृन्दावन नगरपालिकामा विकास कार्यको सन्दर्भमा हामी एक छौ” यहाँ कुनै जात ,धर्म ,पार्टी ” लाई पक्ष पात नगरि हामी एक ढिक्का भइ विकास कार्यमा एक मत यस मंचबाट उपस्थितिले जनाएको उनले बताए ।
नगरको विकास ‘स्वास्थ्य,शिक्षा’ मेरुदण्ड रहेको उद्रीद गर्दै भने स्वास्थ्य रहनको लागि शिक्षा र शिक्षित रहनको लागि स्वास्थ्य उतिकै आवश्यक हुनु पर्छ उनले जानकारी गराए।
खेलकुद सम्बन्धि नगर स्तरीय विकास बजेट छनौट गरिने र प्रत्येक वर्डाका खेलाडी संघसंगठनबाट नाम संकलन गरि नगर खेलकुद समिति निर्माण गरि खेलमैदान एवं खेलाडीको विकास कार्यमा लगानी समेत नगरपालिकाले गर्ने आफ्नो प्रतिबद्धता रहेको उनले बताए।
खेलकुद सम्बन्धि नगरपालिकाले विषेश नीतिनिर्माण गर्ने तयारीमा रहेकोले खेलाडीका चिफ एवं विशेषज्ञ सङ्ग परामर्श गरि विकास कार्य अगाडि बढाइने र सवै नगरको जनप्रतिनिधि ,पार्टी एवं जनताको साथको आवश्यकता रहेको उनले जिकिर गरे।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र प्रसाद यादवले सम्बोधन गर्दै भने नगर स्तरीय खेल मैदान’ रङ्गशाला’ निर्माण गरिने मेयर रामस्नेही राय यादव सहितका टोली खेलकुद मन्त्रालय समक्ष स्टिमेट पेश गरिसके उनले बताए ।

करिब दिनको २ बजे देखि खेल सुरु गरिएको र गरुडा र गङ्गा पिप्राको खेलाडी बिच टच हुदा बैटिङ्गमा गरुडा र फिल्डिङमा पिप्राले गरेका थिए।