ब्रतालु महिलाहरुको दिल जिते नगर प्रमुख सन्तोष मेहता

1066

रौतहट,४ मंसिर । इशनाथ नगरपालिकाका नगर प्रमुख सन्तोष मेहताले हिन्दुहरुको महा पर्व छठको शुभ अवसरमा नगर भरिका सम्पुर्ण दलित समुदायका,असहाय ,गरिब र एकल परिवारका छठ पर्व व्रतालु महिलाहरुलाई आज बिहिवारका दिन सुती साडी वितरण गरेका छन्।
लकडाउनमा खास गरेर दलित समुदायका मान्छेहरु बाहिर काम गरि खाने प्राय जसो भएकाले आर्थिक अभावमा दलित बढी मारका परेको हुदा मात्र दलित छठ पर्वका ब्रतालु महिला,असहाय ,गरिब र एकल महिलाहरुलाई विषेश प्राथमिकता राखी रौतहटको इशनाथ नगरपालिकाको मेयर सन्तोष मेहताले साडी वितरण गरेको छ । नगकरिब २ हजार थान दलित महिला ,असहाय ,गरिब र एकल महिलाहरुलाई साडि वितरण गरिएको उनले जानकारी गराएको छ।
विश्व भरिफैलिएको करोना महामारी को कारण आर्थिक स्रोत माथी असर परेको छ। नगरका दलित,गरिब ,असहाय र एकल महिलाहरुलाई केही सहयोग पुगोस भने भावनाले साडी वितरण गरेका हुन । साडी वितरण गर्दै उनले समाजका पर्व र संस्कृतिले एकता, भाइचारा र मेलमिलापमा थप सहयोग पुग्ने धारणा समेत राखेका हुन । छठ पर्व गर्ने व्रतालुले नयाँ साडी लगाउनुपर्ने भएकाले ती साडी वितरण गरिएको बताइएको छ।
साथै छठ पर्व पुजाको समान समेत किन्न नसक्ने ब्रतालुहरुलाई आवश्यक छठ पुजा समाग्री उपलब्ध गराएको उनले बताए ।
कार्यक्रममा मेयर मेहताले छठ पर्वमा आर्थिक रूपले विपन्न परिवारका व्रतालुलाई साडी एवं पूजा सामग्री वितरण गरिनु प्रशंसनीय भएको बताए । उनले आगामी वर्ष पनि यसलाई निरन्तरता दिने बताए छन् । साथै पर्व मनाउनदा समाजीक दुरी कायम गरी, मास्क लगाई मनाउने अन्य करोना संग लडने स्वास्थ्य ढालहरु प्रयोग गर्ने अनुरोध गरेका छन्।