स्व सुकदेव साहकानुको सालिकप्रति विधिवतरुपमा अाज मालार्पण

1021

रौतहट १५ कात्तिक ।
रौतहट जिल्लाकाे यमुनामाई गाउँपालिका वडा न.१ जेठरहिया सुकचौकस्थित स्व.सुकदेव साह कानुको निर्मित शालिकको विधिवतरुपमा एक भब्य समारोहका बीच उदघाटन गरि मालाअर्पण गरेको छन । सो कार्यक्रमको प्रमुख अतिथि प्रदेश २ का कृषि राज्य मन्त्री योगेन्द्र राय यादवले
लगभग ५० बर्ष पुर्व स्व.सुकदेव साह कानुको अथक प्रयासबाट शुरु भएका सुकदेव चौकको बिस्तारले अाज बिकसितरुप लिएको छ। साथै वहाको नामबाट उक्त चौकको समेत नामाकरण गरिएको छ। वहाको सम्मानस्वरुप ४० लाखको लागतमा स्व सुकदेव प्रवेशद्वार जेठरहिया निर्माण हुने भएको छ। साथै अायोजकले वहाको धर्मपत्नीलाई दोसाला अोढाई सम्मानसमेत गरेका छन ।
यमुनामाइ गाउँपालिकाका वडा अध्यक्ष नन्दलाल यादवले अध्यक्षतामा सम्पन्न शालिक उदघाटन कार्यक्रममा सहभागी भएको रौतहट जिल्लाकाे माधवनारायण नगरपालिकाका नगर प्रमुख बिरेन्द्र यादव , यमुना माई गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद मुखिया समेतको उपस्थिति रहेको थियो।