गौरमा सञ्चालन भयो जेनी एक्सपोर्ट मशीन

1660

रौतहट ५ असोज
गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले रौतहटको जनताको स्वास्थ्य सुरक्षाको लागि गौर नगर पालिका जस्तो सुकै सहयोग गर्न त्यार रहेको बताउनु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय रौतहटले आयोजना गरेको जेनी एक्सपोर्ट मशीन उदघाटन समारोहमा सम्वोधन गर्दै मेयर गुप्ताले यस्तो बताउनु भएको हो ।
रौतहटमा उच्च जोखिम रहेको क्षयरोगको विरामीको खकार परिक्षण गराउन चन्द्रनिगाहपुर जानू पर्ने बाध्यताको अन्त्य भएको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालयमा आज देखि शुरू भएको जेनी एक्सपोर्ट मशीनबाट गौर नगरपालिका लगायत आधी जन आवादी लाइ पूर्ण रुपमा सहयोग हुने धारणा व्यक्त गर्दै मेयर गुप्ताले यसको निरंतरताको लागि गौर नगरपालिकाले सहयोग गर्न पछि नहट्ने प्रतिवद्धता समेत जनाए ।
शिक्षा ,स्वास्थ्य , खेलकूद ,भूतिक पूर्वाधार विकासको लागि सक्रीय रुपमा लागि अग्रणी भूमिका निर्वाह गर्दै आएका मेयर गुप्ताले मानव जीवनको मुलभुत आधार शिक्षा र स्वास्थ्य नै रहेको जिकिर गरे ।
क्षयरोगको कीटाणुको परिक्षण गर्नका लागि गौरबाट ४२ किलोमीटर लामो यात्रा तय गर्नु पर्ने बाध्यताको अन्त्य भएको भन्दै मेयर गुप्ताले आफु जनताको हितमाँ काम गर्ने सिपाही मात्र रहेको उल्लेख गरे ।
जिल्ला अस्पताल गौरको सेवा प्रति स्थानीयहरु असंतुस्ट रहेको जनगुनासो तीव्र रुपमा बढ्दै आईरहेकोले अस्पतालमा कार्यरत रहेका स्वास्थ्यकर्मीहरुले जिल्ला अस्पतालको गरिमा जोगाउनु पर्ने सुझाव दिए ।
आर्थिक , भौतिक रुपमा सहयोग गर्ने गौर नगरपालिका त्यार रहेकोले गुणस्तरीय सेवा प्रदान गर्न कार्यरत जनशक्तिहरुले बुझ्नु पर्ने बताए । मेयर गुप्ताले भने सेवा दिने स्वास्थ्यकर्मीले मानव मूल्य मान्यताको आत्मसात गरे जिल्ला अस्पताल नमूना अस्पतालको रुपमा प्रसिद्द हुने धारणा राखे ।
करीव १२ वर्ष देखि जेनी एक्सपोर्ट मशीन विहीन रहेका जिल्ला स्वास्थ्य कार्यालय गौर नगरपालिकाका मेयर गुप्ताको अथक प्रयासको प्रतिफल मशीन जड़ान गर्न सफल भएको हो । नेपाल सरकारले ग्लोबलफैन्डको मार्फत करीव ९० लाखको लागतमा उपलब्ध गराएको यो मशीनले संक्रमित हो होइन भने ३० देखि ४५ मिनटमा रिपोर्ट दिने सक्नेछन ।
स्वास्थ्य मानवको जीवन संग प्रत्यक्ष सरोकार राख्ने भएकोले अस्पतालमा कार्यरत रहेका स्वास्थ्य कर्मीले आफ्नो दायित्व इमान्दारिता पूर्वक निर्वाह गर्नु पर्ने जोड दिए । मेयर गुप्ताले जिल्ला अस्पताललाइ सुविधा संपन्न अस्पताल बनाउने हाम्रो चाहना रहेकोले आफ्नो जिम्मेवारी बहन गर्न चिकित्सक र स्वास्थ्यकर्मी लगायतका कर्मचरिहरुलाई आग्रह गरे ।
नेपाल क्षयरोग निवारण संस्था केंद्रीय कार्यालयले उपलब्ध गराएको मशीनको उदघाटन समारोहमा जिल्ला अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष शेख जमशैद , जिल्ला अस्पतालका मेडिकल सुपरिटेंडेंट डाक्टर कृष्णा साह समेतका व्यक्तिहरुले मशीनको विशेषता र उपयोगिता तथा हुने फायदा बारे चर्चा गरेका थिए ।
उदघाटन कार्यक्रममा जिल्ला अस्पताल व्यवस्थापन तथा संचालन समितिका सदस्य एवम जनता समाजवादी पार्टीका विधार्थी नेता आम प्रकाश साह मधेशिया लगायत जिल्ला स्वास्थ्य कार्यालय , जिल्ला अस्पतालका कर्मचारी , संचारकर्मीहरुको सहभागीता रहेको थियो ।