आगलागि पीडितलाई छिमेकी नपा गौरको मेयर शम्भु साहको सहयोग ।

550

रौतहट गौर नगरपालिकाको नगर प्रमुख शम्भु साहले आगलागी पीडितलाई राहत बितरण गर्नु भएका छन्।
रौतहटको माधवनारायण नगरपालिका -४ विसुनपूर्वा मानपुरमा भिषणआगलागी खबर सुन्ने बित्तिकै नगरप्रमुख साहले नपाका फायर बिग्रेडको टोली पठाउनु भएका थिए।

घटना स्थानीयको ठूलो क्षती भएको धन जन अन्न लताकपडा नस्ट भएको सुन्ने बितिकै मेयर साह मानवताको नाताले पिडित परिवार भेटन घटना स्थल पुग्नु भएका छन् ।

उहाँले घटनास्थलमा तुरुन्त पुगी पिडित परिवारलाई चामल २५ किलो,दाल -५ किलो आलु -५किलो, तेल १ पोका त्यस्तै नुनको एक पोका कम्बल त्रिपाल लगायत सामाग्री बितरन गर्नु भएका छन् ।रौतहटको माधवनारायण नगरपालिकामा भीषण आगलागी हुँदा आइतबार २१ भन्दा बढी घर जलेर नष्ट भएको छ ।
माधवनारायण नगरपालिकाको वडा नं. ४ विसुनपुर्वा मानपुरमा भएको आगलागी भएको हो । स्थानिय जिउत मुखियाको घरबाट सल्कीएको आगोले बस्तीका २१ घर जलेर नष्ट भएको हो ।
आइतबार दिउँसो २ बजे जिउत मुखियाको घरमा खाजा बनाउन चुलो बालेका बेला घरमा आगो लागेको थियो । तीव्र हावाको बेगका कारण क्षणभरमै उनको घरबाट छिमेकीको घरमा आगो सल्किदै बस्तीमा पुगेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले जानकारी दिए ।
उनका अनुसार आगो नियन्त्रणमा लिन स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा चन्द्रपुर र गौर नगरपालिकाको वारुणयन्त्र परिचालन गरिएको थियो। तर, वारूणयन्त्रको पानी सकिएपछि आगो नियन्त्रणमा लिन समस्या भएको स्थानीय पारस भण्डारी बताए ।

आगलागीका कारण मानविय क्षति अहिलेसम्म नभएको तथा क्षतिको विस्तृत विवरण अझै आइसकेको सिडिओ मिश्रले बताए ।
रौतहटको १६ नगरपालिका र २ गाउँपालिका छन् ।

गौर नगरपालिका र चन्द्रपुर नगरपालिका बाहेक कुनै नपा संग बारुन यंत्र छैन।
थप १६ पालिका र २ गाउँपालिकाले जनताको धनजनको सुरक्षाको लागि अनिवार्य रुममा दमकल किन्नु पर्ने जिल्ला बासीको माग रहेको छ।
यस अघि पीडित परिवारलाई सान्तवना दिदै क्षती बारे बुझ्दै गढिमाई नगरपालिकाका मेयर श्याम यादब र प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको नेतृत्वमा गएका सुरक्षा निकायका टोलिले पीडित परिवारलाई राहत बितरन गरि फर्किएको स्थानीय रमेश मुखियाले बताएका छन् ।