एजेन्सी – कोरोनाभाइरसका कारण रीलीज हुनबाट रोकिएका बलिउडका फिल्महरु अब बिस्तारै रिलिज हुने तयारीमा छन् । अभिनेता सलमान खानले पनि आफ्ना रोकिएका फिल्महरु शुरु गर्ने तयारी गरिरहेका छन् । उनले कोरोनाका कारण त्रीचमा रोकिएका आफ्ना फिल्महरुको लाइनमा राखेका छन् ।
भारतिय मिडियाका अनुसार अहिले सलमानका ३ फिल्म राज्य सरकारले फिल्म शूटिङका लागि अनुमति दिए लगत्तै उनले फिल्महरु लाइनमा राखेका हुन् । ‘राधे योर मोस्ट वान्टेड भाई’, ‘कभी ईद कभी दिवाली ’ र ‘गन्स अफ लाइन’ लाइनमा रहेका छन् ।
प्रभु देवाको निर्देशनमा बनेको फिल्म ‘राधे योर मोस्ट वान्टेड भाई’ को अब एउटा गीतको शुटिंग मात्र बाकीँ रहेको छ । त्यसपछि उनले फरहाद सामजीको निर्देशनमा बन्ने फिल्म ‘कभी ईद कभी दिवाली ’मा अभिनय गर्ने बताइएको छ ।