राज्यमन्त्री यादवद्वारा पत्रकार महासंघ राैतहटलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

1519

रौतहट,२९ बैसाख । नेपाल पत्रकार महासङ्घ रौतहट शाखालाई प्रदेश नं. २ का भुमि व्यवस्थापन, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ।

सोमबार शाखा सभाहलमा KN95 मास्क ५० थान , १०० साधारण सर्जिकल मास्क, २० थान सेनेटाइजर, २ थान थर्मल गन र २० थान पिपिइ राज्यमन्त्री यादवले हस्तान्तरण गर्नु भएको हो । कोरोना संक्रमणको जोखिमलाई ख्याल गरि स्वास्थ्य सुरक्षाको उद्देश्य राखेर प्रदेश नं. २ का भुमि व्यवस्थापन कृषि तथा सहकारी राज्यमन्त्री यादवले नेपाल पत्रकार महासङ्घ रौतहटका अध्यक्ष रबिन्द्र प्रसाद साह र सचिव गौतम श्रेष्ठलाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् । सामाग्री बुझ्दै शाखा अध्यक्ष साह र सचिव गौतम श्रेष्ठले प्राप्त सामाग्री पहिलो घेरामा रहेर समाचार सङ्कलन गर्ने पत्रकारहरुलाई पहिलो प्राथमिकतामा राखेर वितरण गर्ने बताए ।