लकडाउनमा खाने समस्या भएकाहरुलाई राहत समाग्री खाद्ययान वितरण

967

रौतहट ।। रौतहट यमुनामाई गाउँपालिकाले कोरोनाबाट बच्न जारी लकडाउनमा खाने समस्या भएकाहरुलाई राहत समाग्री खाद्ययान वितरण गरिहेको अवस्थमा राहत पाई स्थानीयहरु खुशी भएका छन् ।
जनताको विकासमा सधै अगाडी रहने यमुनामाई गाउँपालिका वार्ड नं. ४का वडा अध्यक्ष अश्वीनि यादव उर्फ चेतनले आज विहिवार आफनो वार्डका अति विपन्न, दैनिक ज्यालादारीमा काम गरेर खाने करिव ५ सय घर परिवारलाई खाद्ययान समाग्री वितरण गरेको छ ।
वाडको नागरिकको विकासमा कहिलै पछाडी नहटने वडा अध्यक्ष चेतनले करिव ५ सय परिवारलाई चामल १५ किलो, आलु ३ किलो, दाल २, खाने तेल १ लिटर, नुन १ किलो सहितका खाद्ययान समाग्री वितरण गरिएको हो ।

हत समाग्री पाए पछि, स्थानी रामकली देवीले, हामीले पाएको राहत समाग्री राम्रो भएको र समान रुपमा पाएकोमा खुशी छौ भन्ने प्रतिक्रिया दिईन ।
विपक्षीलाई जहिले पनि आफुले गर्ने राम्रा कामलाई नराम्रो भन्ने वानीको संस्कार पाली सकेको हुनाले हामीले वितरण गरेको राहत समाग्री गुणस्तरीय र परर्दशी तरिकारले वितरण गरिएको वडा अध्यक्ष चेतनले संचारकर्मीहरु संगको कुराकानीमा बताए ।
अध्यक्ष चेतनले, वार्डमा छुटेका करिव ४ सय परिवारलाई छिटै समेत राहत समाग्री वितरण गर्ने बताए ।