भारतबाट मध्यरातमा हिडेर आएका ५१ जना क्वारेन्टाइनमा

1812

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा भारत उत्तर प्रदेशको कानपुरबाट आएका ५१ जनालाई क्वारेन्टाइनमा राखिएको छ । सर्लाहीका लागि हिँडेका १ सय ८४ जनामध्ये ५९ जना सर्लाही आइपुगेका छन् । उनीहरु सुरक्षाकर्मीको आँखा छलेरे चन्द्रनगर गाउँपालिका आएका हुन् । उनिहरुलाई क्वारेन्टाईनमा राखिएको गाउँपालिका अध्यक्ष महेन्द्र महतोले जानकारी दिए । रातिको समयमा खेतको बाटो हुँदै उनीहरू चन्द्रनगर गाउँपालिका आइपुगेको गाउँपालिका महतोले जानकारी दिए ।

गत बिहीबार राति ३० जना र शुक्रवार शनिवार ५९ जना आएका हुन् । जसमध्ये ५ जना ईश्वरपुर नगरपालिका, २ जना चक्रघट्टा गाउँपालिका र १ जना हरिपुर नगरपालिकाका हुन् । उनिहरुलाई सम्बन्धित पालिकामा पठाइएको स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र साहले जानकारी दिए । सबैको स्वास्थ्य परीक्षणपश्चात वडा ६ स्थित मरिचमान सिंह जनता माविमा निर्माण गरिएको क्वारेन्टाईनमा राखी नियमित स्वास्थ्य परिक्षण भइरहेको स्वास्थ्य शाखा प्रमुख शाहले बताए ।

अहिलेसम्म कसैलाई पनि कोरोना भाइरसको लक्षण देखिएको छैन । नेपाल–भारत दुबै देशमा लक डाउन चलिरहेको अवस्थामा यतिका धेरै संख्यामा मानिस कसरी आए ? त्यति धेरै संख्यामा कसरी प्रवेश गरे आफूलाई अच्चम लागेको स्वास्थ्य शाखा प्रमुख शाहले बताएका छन् । भारतबाट आउनेलाई रोक्नका लागि सीमामा निकै कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।

rajdhanidaily