एलआईसी नेपाल लिमिटेडको सेटिंगमा आम नागरिकहरुको अर्बौंअर्ब रकम स्वाहा

26

विमा योजना अनुसार एलआईसी नेपाल लिमिटेडले एजेन्टहरु संगको सेटिंगमा आम नागरिकहरुको अर्बौंअर्ब रकम स्वाहा पार्ने अभियानमा अघि बढेको कम्पनीद्धारा जारी गरिएका निर्देशिकाबाट प्रष्ट भएका छन् ।
एलआइसी नेपाल लिमिटेडद्धारा विमा गराउने नागरिकहरुलाई प्रलोभन देखाएर इश्वी सम्बत २०२० मा पेन्सन प्लान (जिवन तरंग ३४५), जिवन सरल लगायत अन्य योजनाहरुमा ६६ देखि ८५ प्रतिशत सम्म बोनस दिने तथा जिवन तरंग अन्तर्गत एक सय बर्षको लागि ७७ प्रतिशतको ठूलो सपना देखाएर आम नागरिकहरुलाई झुक्याएर एजेन्ट मार्फत विमा लेख जारी गर्न लगाएका थिए ।
उक्त विमा लेख जारी गराउने एजेन्टलाई २५ देखि ६० प्रतिशत सम्म कमिशन र पुरस्कार वापतको रकम सम्बध एजेन्ट–एजेन्सी म्यानेजरको खातामा सिधै पठाइएको थियो ।
जनतालाई झुक्याएर नेपाल विमा प्राधिकरणको सेटिंगमा ७७ प्रतिशतबाट ४१ प्रतिशतमा झारेको स प्रमाण पछि आएर उक्त योजनाबाट संकलन भएका प्रथम विमा शुल्क योजनामा सघाउने कर्मचारीलाई शुल्क वापत मनचाहेका स्थानमा बढुवा सहित सरुवा गरिएको, उच्च बोनस दर बाडेको थियो । कम्पनीका पदाधिकारीहरु अवार्ड, पुरस्कार, स्टार होटेलमा भोजभतेर, बैंकक दुवई सहितका विश्व भ्रमण गराएर जनताकै रकम शतप्रतिशत झ्वाम्म पारेको थियो ।
हाल आएर सबै सुचकहरु सकारात्मक हुनुका साथै नेपाल सरकारलाई कर तिर्नमा नम्वर वन अवार्डबाट सम्मानित भईसकेका एलआइसी नेपाल लिमिटेडले विभिन्न पत्रपत्रिकाहरुमा सबै सुचकहरु सकारात्मक रहेको, ५९ प्रतिशत सम्म वृद्धि भएको समाचार तथा विज्ञापनहरु प्रकाशित गराई दुनियाकै चौंथो कम्पनीमा रहेका विमा कम्पनीले बिना कारण नेपाल विमा प्राधिकरणको आन्तरिक साँठगाँठमा सय बर्षको लागि गरिएको प्रतिबद्धता चार बर्ष नपुग्दै एक्कासी ७७ बाट ४१ प्रतिशत बोनस दर कायम गरी आम जनताहरुको अर्बौअर्ब रुपैया स्वाहा पारेका छन् भने भविष्यमा मूलधन समेत नपाउने सजिलै अनुमान गर्न सकिन्छ ।
आम जनता संग सरोकार राख्ने विमा कम्पनीलाई निगरानी गर्ने निकाय नेपाल विमा प्राधिकरण र नेपाल सरकार मौन बसेर सघाएरहेको व्यत्तिगत लाभ लिई जनताको लिखित उजुरीलाई समेत धोति लगाउदै बर्षौ देखि खुनपशिना बगाएर जनताहरुले संचित गरेका रकम सहारा इण्डीया जस्तै एलआइसी नेपाल लिमिटेड नेपालबाट भाग्ने सुरमा रहेको कुरा कम्पनीकै सिओ प्रणय कुमार अन्तरराष्ट्रिय कम्पनी नचाहिए बन्द गरिदिनु हामीहरु यहाँबाट जान्छौ जस्ता गैर अभिव्यक्तिबाट कस्तो आँकलन गर्न सकिन्छ भने प्रश्न चिन्ह् खडा भएका छन् ।
विगत लामो समय देखि अभिकर्ताहरुले नै विभिन्न मिडियाहरुको मार्फत गोरखधन्धाहरुको भण्डाफोर गरिरहदा पनि कम्पनीको तर्फबाट खण्डन नहुनु र सम्बन्धित अभिकर्ताहरुलाई कानुनको दायरामा ल्याउन नसक्नु नै गम्भीर त्रुटी र गैरकानुनी कार्य गरेको प्राप्त प्रमाणको रुपमा लिन सकिन्छ ।
बषौं देखि पिडितहरुले उजुरीको चाँग नै खडा गरेपनि निगरानी गर्ने निकाय नेपाल विमा प्राधिकरणका पदाधिकारीहरुले विमा कम्पनीलाई गैरकानुनी कार्यमा सघाई अकुत सम्पत्ती जोड्दै आएका छन् । त्यती मात्रै नभई नेपालको अदालत बाहेक सम्पूर्ण निकायमा पिडितहरुले गुहार लगाएपनि हाल सम्म कहिकतै निकायहरुबाट प्रक्रिया अघि नबढ्नु कतै गम्भीर षड्यन्त्रण भईरहेको त छैन ? भने प्रश्न उब्जीनु स्भाविकै हो ।
पटक पटक कम्पनीले लिखित सहमती गरेपनि (क) अक्षर पालना नगरी नेपाल राष्ट्रको कानुनी ऐन प्रक्रिया, निर्देशिका नितीलाई खुला रुपले चुनौती दिदै पुरै विश्वमा नेपाल राष्ट्रलाई, मेडिकल पेशालाई समेत बदनाम गराउदै एलआइसी नेपाल लिमिटेड अघि बढिरहेको पीडित एजेन्टहरुले कम्पनी विरुद्ध गम्भीर आरोप लगाएका छन् ।