रौतहटमा जनमत पार्टीको आम सभा सम्पन्न

1704

रौतहट, १६ फागुन । रौतहटको गरुडामा जनमत पार्टीले आयोजना गरेको नगरस्तरिय आम सभा कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार सम्पन्न भएको जनमत पार्टी नगरस्तरिय आमसभालाई सम्वोधन गर्दै राष्ट्रिय संयोजक डाक्टर सिके राउतले देशका अरु पार्टीहरु एक्सपायर भएका औषधीहरु जस्ता भएकाले त्यस्ता पार्टीले एक्सपाईएर औषधीले राम्रो कार्यको सटा नराम्रो कार्य गरे जस्तै पार्टीहरुले गर्ने भएकाले आफनो पार्टीमा आउन सबैलाई अपील गर्नु भएको छ ।

बर्तमान अवस्थामा स्थानिय निर्वाचनबाट विजेता भएका प्राय ः मेयरहरु ठेकेदार रहेको र आफुहरुले नै नगरका सबै बजेट भ्रष्टाचार गर्ने गरेको आरोप लगाउदैं देशको समग्र विकासको लागी जनमत पार्टी नै देश को नम्बर वन पार्टी हुने ठोकुवा गरे ।

इतिहासलाई साक्षी मान्दैं डाक्टर राउतले अरु पार्टीहरुले मधेसी जनताको लागि केही नगरेको र जहा सम्म मधेसी माथी सधै दमन गर्दै आइरहेकोले दुई चार हजारको लोभ लालचमा आएर आफ्नो सन्ततिको भबिस्यसंग खेलवाड नगर्न सबैमा आग्रह गरे ।
श्याम यादवको अध्यक्षतामा सम्पन्न सभामा जिल्ला तथा केन्द्र तपकाका नेता तथा कार्यकर्ताहरुको व्यापक सहभागीता रहेको थियो ।