रौतहट २४ माघ // रौतहट जिल्लाको राजदेवी नगरपालिका वड़ा नम्बर ९ ब्रह्मपुरी स्थित बागमती गंगा किनारमा विश्व कल्याणार्थ आयोजित श्री शिवशक्ति महायज्ञ एवं संगीतमय राम कथा ज्ञान महायज्ञ शुक्रवार देखि शुरू भएका छन ।
शान्ति अमन चयन कायम हुने लक्ष्य सहित आयोजित महायज्ञको नगर प्रमुख धीरेन्द्र कुमार सिंह एक कार्यक्रम विच समुदघाटन गरेपछि महायज्ञ विधिवत रुपमा सञ्चालन भएको हो ।
महायज्ञ समितिले आयोजना गरेको उदघाटन कार्यक्रममा सम्वोधन गर्दै नगरप्रमुख सिंह महायज्ञले शान्ति कायम गर्ने विश्वास व्यक्त गरे । नेपाल सरकारले घोषणा गरेका नेपाल भ्रमण वर्ष २०२० को अभियानमा महायज्ञबाट सहयोग पुग्ने बताए । मेयर सिंहले सवैको सहयोग सहकार्यको आवश्यकता रहेकोले महायज्ञको सफलताको लागि सक्रीय भूमिका निर्वाह गरिदिन आग्रह गरे ।
रौतहटमा पहिलो पटक भव्य महायज्ञ भैरहेको ठहर गर्दै नगर प्रमुख सिंहले महायज्ञमा आएका व्यवसायीहरुको व्यापारिक आर्थिक लाभ हुने बताए । बाहिरबाट आउने भक्तजनहरुको लागी उचित प्रवन्ध गरिएकोले अधिक संख्यामा आएर महायज्ञको अवलोकन गर्न समेत अपील गरे ।
कार्यक्रममा गौर नगरपालिकाका प्रमुख अजय कुमार गुप्ताले महायज्ञले शान्ति स्थापना होस भने कामना गरेका छन । धार्मिक सांस्कृतिक ,परमपराको विकास संरक्षण गर्ने जिम्मेवारी स्थानीय तहको रहेकोले भव्य रुपमा आयोजित महायज्ञले धर्म रक्षार्थ अहम् भूमिका निर्वाह गर्ने उल्लेख गरे । महायज्ञले राजदेवी नगरपालिकाको साथै गौर नगरपालिकाको पहिचान बढाउनेमा मदत पुग्ने जिकिर गरे ।
मेयर गुप्ताले महायज्ञमा व्यवस्थापन ,सुरक्षा , श्रदालुहरुको रेख देख व्यवस्था चुनौती हुने भएकोले महायज्ञ समितिले यसतर्फ गंभीरता पूर्वक ध्यान दिनु पर्ने सुझाव दिए ।
कटहरिया नगरपालिकाका उपप्रमुख नूर जहां खातूनले धर्ममा समानता हुनु पर्ने जिकिर गरे । हिन्दू ,मुस्लिमको धार्मिक आस्था फरक भएपनि सामाजिक रुपमा दुवै समुदायले एकता कायम गरी अघि बढ्नु पर्ने जोड़ दिए । उपप्रमुख खातूनले भने म धार्मिक रुपमा विभेद नगरी सामान रुपमा लिने गरेको बताए ।
श्री रामको जय करा लगाउदै उपमेयर खातूनले राम रहीम एउटै नाम छूटै रहेको उल्लेख गरे । महायज्ञमा सवै नगरपालिका स्थानीयहरुले तनमन धनले सहयोग गर्नु पर्ने अपील गरे । अधर्मको नास हुने र धर्मको जीत हुने अकाट्य सत्य रहेकोले सच्च मन कर्म बचनले प्रत्येक व्यक्ति मानवीय सेवा गर्नु पर्ने धरना राखे ।
समाज सेवामा सधै सक्रीय रहने कटहरियाका समाजसेवी भाई नसरुदीन अंसारीले हिन्दू धर्ममा धार्मिक कार्यक्रम हुदा सहयोग गर्ने उत्सुकता हुने गरेको बताए ! धर्मको नाउमा विभेद नगरी सदभावना कायम गर्नु पर्ने र जून सुकै धर्मका व्यक्ति समुदायको सम्मान गर्नु पर्ने जोड़ दिए !
युवा समाजसेवी अंसारीले सधै धरमुक कार्यमा सहयोगात्मक भूमिका निर्वाह गर्दै आएका छन । सहयोगी भावना स्वाभावका रहेका अंसारीले धार्मिक आस्था विस्वास सित घृणा गर्ने कार्य नकारात्मक र असामाजिक भएको जिकिर गरे । उनले सवैको धर्म अधिकारको सामान गर्नु पर्छ भने महायज्ञको सफल बनाउन सवै समुदायका व्यक्तिले सहयोग गर्नु पर्छ ।
महायज्ञ उदघाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे , प्रहरी उपरीक्षक रविराज खडका , सशस्त्र प्रहरी उपरीक्षक रोविनराज कर्णजीत , राजदेवी नगरपालिका वड़ा नम्बर ८ का वड़ा अध्यक्ष शंकर राय यादव , लगायत स्थानीय समाजसेवी , श्रदलु भक्तजनहरुको सहभागिता रहेको थियो ।