चन्द्रपुर नगरपालिकाले शुन्यका विरुद्ध ६ गोलले नुवाकोटको बिदुर नगरपालिकालाई हराउँदै शानदार जित हात पारे

1227

रौतहट । रौतहटमा जारी उप–मेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा घरेलु मैदानमा रहेको चन्द्रपुर नगरपालिका फराकिलो गोल अन्तरले विजयी भएको छ ।

आइतबार भएको खेलमा रौतहटको चन्द्रपुर नगरपालिकाले शुन्यका विरुद्ध ६ गोलले नुवाकोटको बिदुर नगरपालिकालाई हराउँदै शानदार जित हात पारेको हो ।

चन्द्रपुर नगरपालिकाको तर्फबाट रोजीना श्रेष्ठले खेलको ४५ औ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् ।

त्यसपछि पनि चन्द्रपुरले एकतर्फी ५ गोल गर्दै भारी गोलका साथ विजयी बनेको हो ।

त्यसअघि सिन्धुपाल्चोकको बाहबिसे नगरपालिका र उदयपुरको चौदण्डी नगरपालिका बीच भएको थियो ।

दुवै टिमले ३/३ गोल गरेर खेल लाई बराबरीमा रोकेका थिए । प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ र उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछन् ।