अपहरण र श्रमतीलाई गोली हान्‍ने व्यक्ति ११ वर्षपछि पक्राउ

1548

पर्सा-श्रीमान्‌को अपहरण गर्दा प्रतिकार गरेकी श्रमितीलाई गोली हानी हत्या गर्ने एक जना ११ बर्षपछि पक्राउ पेका छन्।

पक्राउ पर्नेमा पर्साको बिरगञ्ज महानगरपालिका वडा नम्बर २७ उदयपुरघुमी टोल बस्ने ४५ बर्षीय विक्रम यादव रहेका छन्।

पक्राउ परेका यादवले २०६५ साल भदौ २० गतेका दिन राति सवा आठ बजेको समयमा आफनै टोलका पन्नालाल साह सोनारलाई अपहरण गर्ने क्रममा उनकी श्रीमती देवमती देवीले प्रतिकार गर्दा देवमतीलाई गोली हानी घाईते बनाएका थिए।

उपचारको क्रममा देवमतीको मृत्यु भएको थियो।घटना भएको मितिले नै हालसम्म फरार रहेका यादवलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले आफनै गाउँघरमा लुकिछिपी बसिरहेको अवस्थामा यादवलाई फेला पारि पक्राउ गरेको हो।

पक्राउ परेका यादवलाई आवशयक कारवाहीको लागि जिल्ला अदालत पर्सामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।