रौतहटमा दीप प्रज्वलन गरी बलिदानी दिवस मनाए

1500

दिलीप पाणडेय रौतहट ।। रौतहटको सदरमुकाम गौरमा आइतवार परेको ‘बलिदानी दिवस’ विशेष समारोहकाबीच मनाएको छ। गौरको नगर सभागृहमा विशेष समारोह गरी शहीदहरुलाई श्रद्धासुमन अर्पण गरिएको हो।

२०६३ साल माघ ५ गते पहिलो मधेस आन्दोलनको बेला सप्तरीमा रमेश महतोको मृत्यु भएको थियो। सोही दिनको सम्झनामा मधेसमा दुई वर्षदेखि बलिदानी दिवस मनाउने गरिएको छ।

युवा विद्यार्थी नेता ओमप्रकास मदेशीयाले बिपि चोकमा आयोजना गर्ने कार्यक्रममा मधेसवादी दलका समाजवादी पार्टी र राजपा नेपालका शीर्ष नेताहरुले सम्बोधन गरे।

कार्यक्रममा गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ता, गौर नगरपालिकाका नगरउप प्रमुख किरण ठाकुर, जुमावीका प्रधानाध्यापक चन्देश्वर राउत, समाजवादी पार्टीका केन्द्रिय सदस्य रेवन्त झा, राजपाका सदस्य सेख जमसैद,सचारकर्मी लगायत दर्जनौं सर्वसाधारण जनता तथा नेताको सहभागीता रहेकोे थियोे ।