रोटरी क्लव हेटौंडाको अध्यक्षमा नेपाल पदस्थापित

1201

हेटौंडा–रोटरी क्लव हेटौंडाको सन् २०१९/२० को अध्यक्षमा ईन्द्रप्रसाद नेपाल पदस्थापित भएका छन् । शुक्रबार हेटौंडामा भएको एक कार्यक्रमकाबीच सन् २०१८/१९ का अध्यक्ष लेखराज पोखरेलले रोटरीको चेन नेपाललाई हस्तान्तरण गर्दै पदस्थापित गरेका हुन् ।

रोटरीको प्रेसिडेन्ड इलेक्टमा शिरोमणि प्याकुरेललाई चयन गरिएको छ । त्यस्तै उपाध्यक्षमा रामप्रसाद शर्मा र उपाध्यक्ष नोमिनीमा सुयशराज पराजुलीलाई चयन गरिएको छ । रोटरीको सचिवमा प्रमेश प्रधान र कोषाध्यक्षमा ध्रुवप्रसाद पराजुलीलाई चयन गरिएको छ । प्रकाश ढकाल सर्जेन्ट एक् आर्मको भूमिकामा रहनेछन् ।

रोटरी क्लव अफ हेटौंडाका पूर्वअध्यक्ष एवम् हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यतामा भएको पदस्थापन कार्यक्रममा रोटरी डिष्ट्रिक ३२९२ सेक्रेटरी आइपी ढकाल, पूर्वअध्यक्ष सिद्धिलाल श्रेष्ठ, रोटरी क्लव मकवानपुरका अध्यक्ष रामेश्वर श्रेष्ठ, पूर्वअध्यक्ष पुरनबहादुर जोशीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए