नेपाल पत्रकार महासंघ रौतहटले मनाए धान दिवस

166

रौतहट // असार १५ राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिन नेपाल पत्रकार महासंघ रौतहट शाखाले मनाएका छन् । नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झाको अध्यक्षतामा राष्ट्रिय धान दिवस कार्यक्रम मनाएका छन् ।

सो कार्यक्रममा गौर नगरपालिकाका नगर प्रमुख शम्भु साह, राजदेवि नगरपालिकाका नगर प्रमुख भिखारी प्रसाद यादव, परोहा नगरपालिकाका नगर प्रमुख शेख वकिल, राजपुर नगरपालिकाका नगर प्रमुख डा.राजिक आलम, दुर्गा भगवती गाउँपालिकाका गाउँ प्रमुख शम्भु सिंह, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर साहि, प्रहरी उपरीक्षक बिनोध घिमिरे, दुर्गा भगवती गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष धर्मेन्द्र कुमार झा तथा विभिन्न संचार क्षेत्रका संचारकर्मिहरु लगाएतको सहभागीता रहेको थियोे