रौतहट । रौतहटको इशनाथ नगरपालिकाले पछिल्लो एक वर्षको अवधिमा प्रशासनिक दक्षता, सेवा प्रवाह, पूर्वाधार विकास तथा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको सुधारमा उल्लेखनीय सफलता हासिल गरेको छ । यस सफलतामा प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताको कुशल नेतृत्व र कार्यशैलीको महत्त्वपूर्ण भूमिका रहेको जनाइएको छ । नगर प्रमुख कौशल्या देवीको निति निर्देशनमा नीतिगत मार्गदर्शनमा प्रशासकीय अधिकृत गुप्ताले देखाएको नेतृत्वदक्षता, पारदर्शी कार्यशैली, इमान्दारिता र समयमै निर्णय गर्न सक्ने क्षमताको नगरभित्र र बाहिर व्यापक सराहना भइरहेको छ। पालिकामा नगर प्रमुख कौशल्या देवीको नेतृत्वमा पहिला भन्दा अहिलेको काम हुदै गरेको छ । स्थानीय चियापसलमा चर्चाको बिषय रहेको स्थानीयहरुले बताएका छन । उहाँको सक्रियता, इमान्दारी र समयमै निर्णय लिन सक्ने क्षमताका कारण नगरपालिकाको समग्र कार्यक्षमता उल्लेखनीय रूपमा सुधारिएको छ । नगरपालिकाको गत माघ २८ गते बसेको कार्यपालिका बैठकमा गुप्ताको कार्यशैलीको विशेष प्रशंसा गरिएको थियो ।
बैठकमा नगर प्रमुखसहितका पदाधिकारी तथा वडाध्यक्षहरूले गुप्ताले नगरपालिका सञ्चालनलाई पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाएकोमा सहमति व्यक्त गरेका थिए । स्थानीय पत्रकार किशोरी यादवका अनुसार गुप्ताको कार्यकालमा नगरपालिका कार्यालयको प्रशासनमा देखिएको सुधारको असर अन्य सेवामा पनि सकारात्मक देखिएको छ । नगरपालिकाको सेवा प्रवाह पहिलेभन्दा छिटो, सहज र व्यवस्थित बनेको छ । नागरिकहरू सेवा लिन कार्यालय आउँदा अपमानित हुने वा झन्झटिलो प्रक्रियाबाट गुज्रनुपर्ने अवस्थाको अन्त्य भएको छ यादवले बताए । गुप्ताले आफ्नो कार्यशैलीबारे बोल्दै भने नागरिकलाई सहज, मुस्कानसहितको सेवा दिनु मेरो प्राथमिकता हो ।
कार्यालयमा आउने प्रत्येक व्यक्तिलाई सम्मानका साथ सेवा दिन कर्मचारीहरूलाई समेत निरन्तर प्रेरित गर्दै आएको छु । उनका अनुसार चालु आर्थिक वर्ष २०८१÷८२ मा नगरपालिकाले पूर्वाधार विकासका योजना अन्तर्गत सडक, पुल, खानेपानी, सिँचाइ तथा सार्वजनिक भवन निर्माणलगायतका कार्यमा ७७ प्रतिशत प्रगति हासिल गरिसकेको छ । बाँकी कामहरू तीव्र गतिमा सम्पन्न हुने प्रक्रियामा छन् । यसबाहेक, अनुगमन प्रणालीलाई अझ सशक्त बनाइएको छ । कुनै पनि विकास आयोजनाको कार्यान्वयनमा गुणस्तर, समयसीमा र पारदर्शिताको पालना अनिवार्य गरिएको छ गुप्ताले बताए । उनका अनुसार निर्माण कार्यको निरीक्षण र अनुगमनका लागि छुट्टै टोली परिचालन गरिएको छ, जसले नियमितरूपमा प्रतिवेदन पेश गर्छ । शिक्षा, कृषि र स्वास्थ्य क्षेत्रमा पनि उल्लेखनीय सुधार आएको छ । विद्यालयमा विद्यार्थीको उपस्थिति बढेको, बालमैत्री कक्षा सञ्चालन भएको र कृषिमा आधुनिक प्रविधि भित्र्याउन थालिएको गुप्ताले जानकारी दिए ।
साथै नगरपालिकाभित्रका स्वास्थ्य संस्थाहरूमा आवश्यक जनशक्ति तथा औषधि आपूर्ति व्यवस्थित रूपमा भइरहेको छ । स्थानीय बासिन्दाहरू गुप्ताको कार्यशैलीबाट खुसी छन् । वडा नं. ४ निवासी शिवकुमार यादवले भने पहिले सेवाका लागि दिनदिनै कार्यालय धाउनु पथ्र्यो, अहिले भने एकैचोटि काम हुन्छ । यसले हामी सेवाग्राहीलाई ठूलो राहत दिएको छ । इशनाथ नगरपालिकाको यो सफल यात्रा निरन्तर रहने अपेक्षा नगरवासीहरूले गरेका छन् । नागरिकको विश्वास जित्दै अघि बढिरहेको नगरपालिकाले भविष्यमा अझ समावेशी, समृद्ध र उत्तरदायी सेवा प्रवाह गर्न सक्ने आशा गरिएको छ ।