गौर भन्सार कार्यालयद्वारा ७३औं अन्तर्राष्ट्रिय भन्सार दिवस भव्यताका साथ मनाइयो

198

रौतहट । गौर भन्सार कार्यालय रौतहटले ७३औं अन्तराष्ट्रिय भन्सार दिवसको अवसरमा विशेष कार्यक्रमको आयोजना गर्दै देशका सम्पूर्ण अतिथि, उद्योगी, व्यापारी, भन्सार एजेन्ट, तथा सरोकारवाला निकायहरूप्रति हार्दिक शुभकामना व्यक्त गरेको छ । हरेक वर्ष जनवरी २६ मा मनाइने भन्सार दिवसले यस पटक “भन्सार प्रशासनको प्रतिबद्धताः सुरक्षा, दक्षता, र समृद्धि“ भन्ने नारालाई प्राथमिकतामा राखेको छ ।
कार्यक्रमको मुख्य उद्देश्य नेपालका भन्सार कार्यालयहरूले व्यापार प्रवद्र्धन, राजस्व संकलन, र सीमा सुरक्षामा पु¥याइरहेको योगदानलाई उजागर गर्नु थियो । यस अवसरमा गौर भन्सार कार्यालय प्रमुख अमिरेन्द्र सिंहले नेपालको आर्थिक विकासमा भन्सार प्रशासनले खेलेको भूमिकाबारे प्रकाश पार्दै आगामी दिनमा अझ पारदर्शी, प्रभावकारी, र दिगो प्रणाली स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य नागेन्द्र साहको विशेष उपस्थिति रहेको थियो । सहायक प्रमुख जिल्ला अधिकारी नरेश कुमार यादव, गौर नगरपालिकाकी उपप्रमुख शैलादेवी, सशस्त्र प्रहरी बलका वरिष्ठ उपरीक्षक बिक्रम हुमागाई, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिलीप घिमिरे, राष्ट्रिय अनुसन्धान कार्यालयका उप अनुसन्धान निरीक्षक अभिन्य कुमार सिंह, भन्सार कार्यालय गौरका लेखा अधिकृत राकेश राम र अन्य सरकारी निकायका प्रतिनिधिहरूले कार्यक्रममा सहभागी भएर यसलाई भव्यता प्रदान गरे ।
कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालय, करदाता सेवा कार्यालय, स्थानीय उद्योग वाणिज्य संघका सदस्यहरू, विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरू, र राजनीतिक दलका नेताहरूले पनि आफ्नो उपस्थिति जनाएका थिए । नेपाली कांग्रेस पार्टी रौतहटका उपसभापति धिरेन्द्र सिंह र प्रभु बैंकका प्रतिनिधिहरूको सहभागिताले कार्यक्रमलाई बहुआयामिक र समावेशी बनाएको थियो ।
भन्सार प्रशासनले व्यापारको प्रवाहलाई सहज बनाउँदै राजस्व संकलनमा देशको अर्थतन्त्रलाई टेवा पु¥याइरहेको तथ्यलाई कार्यक्रममा जोड दिइएको थियो । साथै, सीमा सुरक्षाको प्रभावकारी व्यवस्थापनले देशको शान्ति र स्थायित्वमा महत्वपूर्ण योगदान पु¥याइरहेको उल्लेख गरे ।
गौर भन्सार कार्यालयले स्थानीय व्यापार तथा उद्योगसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन यस्तो कार्यक्रमको आयोजना गरिएको जानकारी गराउँदै, व्यापारमा देखिने समस्या समाधान गर्न सबै सरोकारवालाबीच सहकार्यको आवश्यकता रहेकोमा जोड दिएको थियो ।
कार्यक्रममा विभिन्न अतिथिहरूले सम्बोधन गरेका थिए । प्रमुख अतिथि प्रदेश सांसद नागेन्द्र साहले भन्सार प्रशासनले व्यापारमैत्री वातावरण सिर्जना गर्दै स्थानीय आर्थिक विकासलाई अघि बढाएकोमा प्रशंसा गरे । सहायक प्रमुख जिल्ला अधिकारी नरेश कुमार यादवले सरकार र व्यापार क्षेत्रबीचको सहकार्यलाई बलियो बनाउन भन्सार कार्यालयको भूमिका महत्त्वपूर्ण रहेको औंल्याए । कार्यक्रमको समापनमा गौर भन्सार कार्यालय प्रमुख अमिरेन्द्र सिंहले सबै सहभागीप्रति धन्यवाद ज्ञापन गर्दै स्थानीय प्रशासन, उद्योगी–व्यापारी, र भन्सार कार्यालयबीचको सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे ।