चन्द्रपुर नगरपालिका वडा नम्बर ५: माओवादी केन्द्रमा ११० जनाको प्रवेश

66

रौतहट । चन्द्रपुर नगरपालिका वडा नम्बर ५ बाट नेपाली काङ्ग्रेसका श्याम किशोर राई र राप्रपा बाट भोला चौधरीको नेतृत्वमा ११० जना नेता तथा कार्यकर्ताले माओवादी केन्द्रमा प्रवेश गरेका छन्। विभिन्न दलबाट परित्याग गरी माओवादी केन्द्रमा सामेल भएका यी नेताहरूको स्वागत कार्यक्रम आयोजित गरिएको थियो।

स्वागत कार्यक्रममा प्रमुख अतिथि माननीय युवराज भट्टराई समीर ज्युले सम्बोधन गर्दै यो कदम माओवादी केन्द्रको सशक्तिकरणमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। उनले पार्टीको आगामी प्रगति र समृद्धिको लागि नयाँ सदस्यहरूको योगदान अपरिहार्य रहेको उल्लेख गर्दै सबैलाई पार्टीको नीति र कार्यप्रति प्रतिबद्ध रहन आग्रह गरे।

माओवादी केन्द्रका नेताहरूले पनि यो निर्णयलाई सकारात्मक रूपले लिएको भन्दै संगठनको स्तरवृद्धि र सामूहिक कार्यको लागि यो एक महत्त्वपूर्ण अवसर रहेको बताए।

यस घटनाले रौतहटको राजनीतिक परिप्रेक्ष्यमा नयाँ विकासको सन्देश दिएको छ।