रौतहटमा विद्युतीय मोटरबाट करेन्ट लागेर युवकको मृत्यु

46

रौतहट // रौतहटमा विद्युतीय मोटरबाट करेन्ट लागेर एकजना युवकको मृत्यु भएको छ। स्थानीय यमुनामाई गाउँपालिका ५ मिठुअबा गाउँका  २६ वर्षीय अस्लोक कुमार महतोको करेन्ट लागेर मृत्यु भएको हो।

युवक अस्लोक कुमारलाई आफ्नै खेतमा धान बालीमा पानी हाल्न जडान गरिएको मोटरको तार जोडने क्रममा करेन्ट लागेको थियो ।  उपचारको लागि शिवदर्शण अस्पताल सुकदेव चोकमा ल्याइएकोमा गएराति चिकित्सकले उनलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले बताए । मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको तथा घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ  ।