नेपाल नेत्र ज्योती संघ गौर आँखा अस्पताल पुरेनवाद्धारा आँखाको निःशुल्क परिक्षण

45
रौतहट । विश्व दृष्टि दिवसको अवसरमा रौतहटको गरुडा स्थित बंशिराम जयसवाल अनाथालयमा रहेका बालक देखि लिएर अन्य व्यक्तिहरुको नेपाल नेत्र ज्योती संघ गौर आँखा अस्पताल पुरेनवाद्धारा आँखाको निःशुल्क परिक्षण गरेका छन् ।
“आँखालाई माया गरौं”, “बालबालिकाहरुको आँखाको विशेष ख्याल गरौं” भन्ने मुल नाराका साथ विश्व दृष्टि दिवश २०८१ को अवसरमा नेपाल नेत्र ज्योती संघ गौर आँखा अस्पताल पुरेनवा तथा नेपाल नेत्रज्योती संघ जिल्ला शाखा रौतहटद्धारा अनाथालयमा रहेका ३० जनाको आँखाको सफल परिक्षण सोमवार गरिएका हुन् ।
परिक्षण गरिएका ३० जना मध्ये १० जनालाई चश्मा र ४ जनालाई औषधी वितरण गरिएको जानकारी दिदै नेपाल नेत्रज्योती संघ गौर आँखा अस्पताल पुरेनवाका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेले अनाथालयमा रहेका बालकहरुलाई अध्ययन अध्यापनमा सहयोग पुगोस भन्ने उद्देश्यबाट स्टेशनरी सामग्रीहरु वितरण गरेर मानविय कार्य गरिएको पाण्डेले भने ।
जिल्लाको धरोहरको रुपमा रहेका बंशीराम अनाथालयमा रहेका अनाथ बालबालिकाहरुको विश्व दृष्टि दिवशको अवसरमा आँखाको परिक्षण गराउन पाउदा एकदमै खुशी लागेको साथै यसमा अध्ययन गर्नेहरुलाई सहायक सामग्रीको रुपमा कपी, कलम, पेन्सील लगायतका सामानहरु उपलब्ध गराइएको उनले स्पष्ट पारे ।