राजदेवी नगरमा प्रमुख भिखारी यादवको विकासात्मक योगदान

102

रौतहट । रौतहटको राजदेवी नगरपालिकाका नगर प्रमुख भिखारी प्रसाद यादवले आफ्नो कार्यकालमा व्यापक विकास परियोजनाहरू अगाडि बढाउँदै नगरलाई समृद्ध बनाउने दिशामा ठोस कदम चालेका छन्। उहाँको नेतृत्वमा नगरका ९ वटै वडाहरूमा शिक्षा, स्वास्थ्य, कृषि, र पूर्वाधार विकासमा महत्वपूर्ण प्रगति भएको छ।
नगरप्रमुख यादवको पहलमा शिक्षा क्षेत्रमा धेरै सुधार र संरचनात्मक विकास भएका छन्। नगरका हरेक वडामा विद्यालय भवनहरूको निर्माण, अतिरिक्त क्रियाकलापको प्रवर्द्धन, र अत्याधुनिक प्राविधिक सुविधाहरू जडान गरिएको छ। वडा नं २ श्री राम नरेश लक्ष्मण माध्यमिक विद्यालयमा ४ कोठे भवन निर्माण सम्पन्न। वडा नं ६ श्री माध्यमिक विद्यालय सेढवामा ८ कोठे भवन निर्माण सम्पन्न।
वडा नं ३ माध्यमिक विद्यालय चण्डियामा ८ कोठे भवन निर्माण सम्पन्न। वडा नं ४ बहिरा तथा सुस्त विद्यालयमा होस्टलसहितको भवन निर्माण सम्पन्न। वडा नं ५ श्री आधारभूत विद्यालय पताहीमा माथिल्लो तल्लाको २ कोठे भवन निर्माण सम्पन्न। वडा नं १ श्री प्राथमिक विद्यालय मोतिपुरमा ४ कोठे भवन निर्माण भइरहेको छ।
वडा नं २ श्री जगदीश प्राथमिक विद्यालयमा २ कोठे भवन निर्माण भइरहेको छ। वडा नं ४ श्री प्राथमिक विद्यालय गडहियामा २ कोठे भवन निर्माण भइरहेको छ।
वडा नं ६ श्री प्राथमिक विद्यालय कटर्वनमा अढाई तल्ले भवन निर्माण भइरहेको छ। वडा नं ६ श्री प्राथमिक विद्यालय मोहनपुर २ कोठे भवन निर्माण भइरहेको छ।
वडा नं ९ श्री माध्यमिक विद्यालय ब्रहम्पुरीमा ८ कोठे भवन निर्माण भइरहेको छ। सम्पूर्ण नगरका विद्यालयहरूमा बेन्च-डेस्क वितरण गरिएको छ। यसले छात्राहरूको पठन-पाठनमा थप सुधार ल्याएको छ। विद्यालयहरूमा अतिरिक्त क्रियाकलापहरूको नियमित सञ्चालन भएको छ।
श्री माध्यामिक विद्यालय सेढवा र श्री आधारभूत विद्यालय लक्ष्मीपुर बेलबिछ्वामा विज्ञान प्रयोगशाला, गणित प्रयोगशाला, ICT कक्षा र कम्प्युटर लैब सुचारु भएका छन्।
श्री जनता सत्यनारायण माध्यमिक विद्यालय बसत्पुर र श्री माध्यामीक विद्यालय पथरामा पनि विज्ञान, गणित र ICT कक्षा सञ्चालन भएका छन्। नगरका अन्य विद्यालयहरूमा पनि ICT क्लासको स्थापना गरिएको छ, जसले डिजिटल शिक्षामा पहुँच पुर्याएको छ। स्वास्थ्य सेवाको पहुँच र गुणस्तर सुधारमा नगर प्रमुख यादवको योगदान उल्लेखनीय छ। वडा नं ५ मा १५ सैयाको अढाई तल्ले नगर अस्पतालको निर्माण सम्पन्न भएको छ। वडा नं ७ मा शहरी स्वास्थ्य केन्द्र र बर्थिङ सेन्टर सुचारु गरिएको छ, जसले मातृत्व स्वास्थ्य सेवामा सुधार ल्याएको छ। स्वास्थ्य चौकी हरूमा औषधि वितरण पनि नियमित रूपमा गरिएको छ, जसले नगरवासी हरूको स्वास्थ्य सेवा सुधारमा थप योगदान पुर्याएको छ।
नगरभरिका सबै वडाहरूमा शुद्ध पिउने पानी सुनिश्चित गर्न हैंड पाइप वितरण गरिएको छ।
२ वटा एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ, र प्रोटेबल अल्ट्रासाउन्ड मेशिन उपलब्ध गराइएको छ, जसले आकस्मिक र प्राथमिक स्वास्थ्य सेवामा पहुँचलाई सहज बनाएको छ।
शहरी स्वास्थ्य केन्द्र सेढवामा ३ कोठे भवन निर्माण कार्य भइरहेको छ। सडक तथा पूर्वाधार विकासमा पनि नगरले ठूला प्रगति गरेका छन्। नगरभरीका विभिन्न वडामा नयाँ र पुराना सडकहरू निर्माण गरिएको छ, जसले यातायात प्रणालीलाई सुधार गरेको छ।
अधुरो प्रशासकीय भवनको दोश्रो र तेश्रो तल्ला निर्माण सम्पन्न भएको छ भने नयाँ अढाई तल्ले प्रशासकीय भवनको निर्माण भइरहेको छ। कृषिमा आत्मनिर्भरता र आधुनिक प्रविधिको प्रयोगमा नगर प्रमुखले ठूलो ध्यान दिएका छन्।
नगरभरिका कृषकहरूलाई स्यालो ट्युबवेल, बीउ र मोटर वितरण गरिएको छ।
कृषिकर्मका लागि सडक (कृषि बाटो) निर्माण कार्य गरिएको छ, जसले उत्पादन र बजारसम्मको पहुँचमा सुधार गरेको छ।
नगरका आवश्यक ठाउँहरूमा बिजुली पोल, तार जडान गरी बिजुली आपूर्ति सुचारु गरिएको छ।
पोल बत्ती जडान गरी नगरभरीको जनताको सुविधालाई ध्यानमा राखिएको छ।
सांस्कृतिक संरचनाको निर्माणमा पनि नगरले ठूलो प्रगति गरेको छ।
वडा नं १ मदरसा भवनको निर्माण कार्य भइरहेको छ।
वडा नं ८ दुर्गा मन्दिर निर्माण सम्पन्न भएको छ।
विभिन्न वडाहरूमा मठ-मन्दिरहरूको निर्माण गरिएको छ, जसले नगरको सांस्कृतिक पहिचानलाई समृद्ध बनाएको छ।
सामाजिक सुरक्षाको विषयमा पनि नगर प्रमुख यादवको योगदान उल्लेखनीय छ।
सामाजिक सुरक्षा भत्ता नियमित वितरण गरिएको छ, जसले नगरवासीहरूको जीवनस्तर सुधार गर्न मद्दत पुर्याएको छ।
नगर प्रमुख भिखारी प्रसाद यादवको दूरदृष्टि र योजनाबद्ध कार्यहरूको परिणामस्वरूप राजदेवी नगरपालिका हरेक क्षेत्रको विकासमा उल्लेखनीय प्रगति गरेको छ। स्वास्थ्य, शिक्षा, कृषि, र पूर्वाधारमा गरिएको यी सुधारहरूले नगरवासीहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याएको छ। राजदेवी नगरपालिकाको यो विकास यात्रा आगामी दिनहरूमा अझ गतिशील र प्रभावकारी हुने आशा गरिएको छ।