आइफोन १६ को सिरिज लन्च

51

काठमाडौं । आइफोन निर्माता कम्पनि एप्पलले आइफोन १६ लन्च गरेको छ ।  अमेरिकाको क्युपर्टिनोस्थित एप्पल पार्कको स्टिभ जब्स थिएटरमा एक कार्यक्रम बिच आइफोन १६ लन्च गरिएको हो।

कार्यक्रमलाई ुइट्स ग्लोटाइमु नाम दिइएको थियो। एप्पल वाच सिरिज–१० पछि, एप्पल वाच अल्ट्रा २, एयरपड्स–४, एयरपड्स म्याक्स, आइफोन–१६, आइफोन १६ प्लस, आइफोन–१६ प्रो र आइफोन–१६ प्रो म्याक्स कार्यक्रममा लन्च गरिएको हो । आइफोन १६ को ७९९ डलर मुल्य तोकिएको छ भने आइफोन १६ प्लसको ८९९ डलर रहेको छ । त्यस्तै आइफोन १६ प्रो को ९९९ डलर र आइफोन प्रो म्याक्सको ११९९ डलर रहेको छ ।

यसपटक नयाँ सिरिजमा आर्टिफिसियल इन्टेलिजेन्सका धेरै सुविधाहरूसँगै एप्पल इन्टेलिजेन्सको प्रयोग गरिएको छ । टिम कुकले यसलाई नयाँ युगको सुरुवात भनेका छन् । यद्यपि, एप्पल इन्टेलिजेन्स केही देशहरूमा मात्र बिटा संस्करणमा उपलब्ध हुनेछ।

आईफोन–१६ को स्क्रिन साइज ६.१ इन्च छ भने आईफोन–१६ प्लसको स्क्रिन साइज ६.७ इन्च छ । आईफोन(१६ प्रोको स्क्रिन साइज ६.३ इन्च र प्रो म्याक्सको साइज ६.९ इन्च छ आइफोन १६ प्रो म्याक्स अहिलेसम्मकै ठूलो डिस्प्ले भएको आइफोन हुनेछ ।