राजपुर नगरपालिकाबाट कृषि मिटरको महसुल तिर्न

115

रौतहट । रौतहटको राजपुर नगरपालिकाबाट कृषि मिटरको महसुल तिर्न भएको छ । आ.व. २०८०।०८१ बाट नगर सभाबाट पारित गरेको कृषि मिटरको महसुल नगरपालिकाले तिर्न भएको छ । किसानलाई सहुलियतका लागि रौतहटको राजपुर नगरपालिकाले नगरक्षेत्रमा चलाइएको कृषि मिटरको महसुल रकम तिरिदिने भएको छ । नगरक्षेत्रभित्रका किसानले खेतीपातीका लागि जडान गरेको कृषि विद्युत् मिटरको महसुल तिरिदिने नगरप्रमुख डा.राजिक आलमले जानकारी दिए ।
कृषि मिटर चलाउँदा किसानले खपत गरेको विद्युत्को महसुल नगरको कृषि शाखामार्फत सम्बन्धित किसानका नाममा विद्युत् प्राधिकरणलाई सोझै भुक्तानी गरिने नगरप्रमुख आलमले बताए । त्यसका लागि प्राधिकरणसँग नगरको सम्झौता हुँदै छ’ उनले भने, ‘कृषि मिटर चलाउँदा श्रावन मसान्तसम्मको महसुल नगरले भुक्तानी दिन्छ ।’ कृषि मिटर चलाएका किसानले प्राधिकरणमा मिटर किन्दा लिएको रसिद, ग्राहक नम्बरसहित कृषि शाखामा दर्ता भएपछि त्यसका आधारमा चालू आर्थिक वर्ष २०८०–०८१ को असार मसान्तसम्मको महसुल नगरले प्राधिकरणलाई भुक्तानी दिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुसैख आलमले प्रेस बिज्ञप्तीमार्फत किसानहरुलाई जानकारी दिएका छन ।
कृषि मिटर जडान गरेको प्राधिकरणको तथ्यांक उद्धृत गर्दै नगरप्रमुख आलमले भने ‘किसानले खेतीपाती गर्दा मासिक रूपमा खपत गरेको विद्युत्को बिलअनुसार प्राधिकरणलाई भुक्तानी दिइनेछ ।’ सिँचाइको अन्य विकल्प नहुँदा किसानले डिजेलबाट चल्ने पम्पसेटबाट खेती सिँचाइ गर्दै आएका थिए तर यसरी सिँचाइ गर्दा महँगो पर्न जाने किसानको गुनासो रहँदै आएको थियो ।
कृषि विद्युतीकरणबाट सिँचाइ गर्दा कम लागतमा धेरै सिँचाइ गर्न सकिने भएकाले अब सजिलो बिधुत महसुल नगरपालिकाले तिरिदिने छ । पालिकाअन्तर्गतका सबै वडामा विद्युत् मिटर जडान अभियानसमेत सञ्चालन गरिएको छ ।
नगरसभा बैठकबाट किसानले खेत सिँचाइ गर्दा उठेको महसुल नगरपालिकाले तिरिदिने निर्णय भएको थियो । सिँचाइ क्षेत्र विस्तार हुँदा सहज सिँचाइ हुने, कृषि उत्पादन बढ्ने र किसानको लागतसमेत घट्ने भएकाले विद्युत् महसुल नगरपालिकाले व्यहोर्ने निर्णय गरेको नगरपालिकाका नगर प्रमुख डा. राजिक आलमले बताए ।