लिजा मुल्यांकनमा राजपुर नगरपालिका तेस्रो स्थानमा

166

रौतहट। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यहि ६ गते आ.व.२०७९/०८० स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (LISA) को नतिजा प्रकाशन गरेको छ । उक्त नतिजा प्रकाशनमा रौतहट जिल्लामा राजपुर नगरपालिका तेस्रो स्थानमा अङ्क प्राप्त गर्न सफल भएका छ्न ।

प्रत्येक वर्ष स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (LISA) मार्फत मन्त्रालयले शासकीय प्रवन्ध, संगन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवंम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशिकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य र समन्वय गरी जम्मा १० वटा शिर्षकमा प्रत्येक स्थानीय तहले सम्पादन गरेका कामकारवाही, सेवा प्रवाहका प्रमाण सहितका कागजातहरु अनिवार्य रुपमा अपलोड गर्ने व्यवस्था विगत ४ वर्ष देखि लागु भए ता पनि विगत ३ वर्ष देखि प्रत्येक स्थानीय तहले कार्यान्वयनमा ल्याइएको थियो । स्वमूल्यांकनको आधारमा नै सम्बन्धित निकायबाट स्थानीय तहक लागि बजेट बिनियोजन गर्ने प्रक्रिया अपनाईएको कुरा अर्थ मन्त्रालय र राष्ट्रिय प्राकृतिक श्रोत तथा बित्त आयोगले जनाएको छ ।

राजपुर नगरपालिकाका नगर प्रमुख डा राजीक आलमले आफ्नो कार्यकाल सम्हालेको दिनदेखि नै कार्यालयले सम्पादन गरेको कामकारवाही र सेवा प्रवाहहरुको कार्य विवरण पारदर्शिताका साथ सेवा प्रवाह गर्दे आईरहेको कुरा नगर प्रमुख डा आलमले बताएका छन ।
प्रत्येक वर्ष स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (LISA) अपलोड गर्ने कार्यमा तत्कालिन कार्यालय प्रमुख बैजु ठाकुर, लेखा अधिकृत मनोज राज कर्ण, फोकन पर्सन हरेन्द्र कुमार साह लगायत सहयोग गर्नु भएका सम्पुर्ण शाखाका शाखा प्रमुख सहित सम्पुर्ण कर्मचारिहरुलाई हार्दिक धन्यवाद दिदै आगामी दिनमा पनि कर्मचारी वर्गबाट सहयोगको अपेक्षा राखेको कुरा नगर प्रमुख डा.मो.राजीक आलमले बताउनु भएका छ्न ।