राैतहट १९ फागुन ।। ऐतिहासिक समनपुरमा फागु बैरिया मेला २०७९ आजबाट शुरु भएको छ । प्रत्येक वर्षझै यसवर्ष पनि फागु बैरिया मेलाकाे आयाेजना भएको हाे ।
हरेक वर्ष फागुन पुर्णिमाकाे अवसरमा आयाेजना हुने फागु बैरिया मेलाकाे यसवर्ष पनि धुमधामका साथ शुरुवात हुदैछ । मेलाकाे उद्घाटन गर्न क्षेत्र नं ४ का सांसद देव प्रसाद तिमिल्सिना सहितका टाेली पुगेको थिए । यसैबिच सम्मान पत्र बितरण समेत गरिएको छ। प्रमुख अतिथिबाट सम्मानपत्र बितरण गरिएको हाे । शुक्रबारबाट शुरु भएको मेला फागुन २३ सम्म हुने चल्नेछ । गढीमाई नगरपालिकाकाे आयाेजनामा ब्रिटिश फाैजलाई पराजित गरेको ऐतिहासिक दिनकाे सम्झना सहित राैतहटकाे समनपुरमा हरेक फागु पुर्णिकाे अवशर पारेर मेला लाग्ने गर्दछ।
” हाम्राे संस्कृति, हाम्राे परम्परा, समनपुरमा ऐतिहासिक फागु बैरिया मेला महाेत्सव २०७९ ” मुल नाराका साथ मेलाकाे शुरुवात धुमधामका साथ हुने गढीमाई नगरपालिकाले जनाएको छ । हाम्राे संस्कृति नै हाम्राे पहिचान भएको कारण यसलाई जाेगाउनु पर्ने समेत जनाएको छ । ऐतिहासिक फागु बैरिया मेलाबाट स्थानीय कला, साहित्य, संस्कृति, पर्यटन र ऐतिहासिकताकाे प्रवर्द्धन गर्न पालिकाकाे लक्ष्य रहेको छ। याे मेलाकाे उदेश्य नेपालीहरुले ब्रिटिश सेनालाई समनपुरबाट लखेटेकाे ऐतिहासिक दिनकाे सम्झना गराउनु, नेपालकै गाैरवशाली इतिहासकाे संरक्षण र प्रचार गर्नु, स्थानीय उत्पादनहरुकाे प्रवर्द्धन गर्नु, स्थानीय संस्कृतिकाे संरक्षण गर्दै प्रचारप्रसार गर्नु , स्थानीयखानाकाे प्रवर्द्धन गर्नु, स्थानीय व्यवसायकाे विकास गर्नु आदि रहेकाे पालिकाका प्रवक्ता दिपेन्द्र श्रेष्ठले जनाउनुभयो। तर बजेट भने अझै पुर्णरुपले तय नभएको समेत प्रवक्ता श्रेष्ठले बताए । ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय सम्भावना बोकेकाे मेलामा लाखाैं अवलाेकनकर्ताकाे सहभागिता हुने अपेक्षा गरिएको छ। हरेक वर्ष आयाेजना हुने याे मेला नगरपालिका आफै एक्लै गर्दै आएको थियो। फागुन १९ गते देखि फागुन २३ गते सम्म याे फागु बैरिया मेला चल्ने छ । प्रथम दिनकाे भिडले मेलामा लाखाैं जनता पुग्न सक्ने अपेक्षा छ ।शुक्रबारकाे मेला उद्घाटन सत्रमा गढीमाई नगरपालिकाका नगरप्रमुख श्यामप्रसाद यादव, प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादव, लेखा प्रमुख कामेश्वर सहनी, प्रवक्ता दिपेन्द्र श्रेष्ठ, राजु सहनी, सुरक्षाकर्मीहरु, पत्रकार , स्थानीय लगायत अन्य व्यक्तिहरुकाे उपस्थिति रहेको थियो।