प्रचण्ड गर्मीको कारण राैतहटका विद्यालयहरु तीन दिन बन्द

107

रौतहट । रौतहटमा पछिल्लो एक हप्तायता अत्याधिक गर्मीसंगैे प्रचण्ड घाम कारण विद्यालयमा अध्ययन गर्ने स साना बालबालिकाहरु मुर्छा पर्न थालेका छन् । वृन्दावन नगरपालिका वडा नम्वर ७ स्थित सखुअवा धमौरा गाउँमा रहका श्री रुपा नेपाली पाल माध्यमिक विद्यालयमा सोमवार विहान अत्याधिक गर्मीबाट एक बालिका मुर्छा परेकी हुन् ।

वृन्दावन नगरपालिकाको नगर प्रमुख विनोद प्रसाद पटेल संग बास्तविक्ता बुझ्दा ति बालिकालाई छारे रोगको कारण मुर्छा परेको बताए । अत्याधिक गर्मीमा छारे रोगबाट ग्रसित रहेका विरामीहरु मुर्छा पर्ने गरेको नगर प्रमुख पटेलले बताए ।
विहान सुर्योदय हुना साथ झुल्कीने प्रचण्ड घाम संगै चिलचिलउदो गर्मीको कारण रौतहट जिल्लाको सामान्य जनजीवन प्रभाबित बनेका छन् । अत्याधिक गर्मीले गर्दा सर्वसाधारण जनताहरु काम विशेषले घरबाहिर निस्कन छाडेको छ ।

सरकारी कार्यालयमा काम गराउने सेवाग्राहीहरु निकै कमी देखिएको छ । बजार क्षेत्रमा सुर्यास्त पछि चहलपहल हुने गरेका छन् । विगत तिनचार दिन देखि निरन्तर रुपमा ४० डिग्री तथा सोको आसपास तापमान रहदा आम मानिसको जनजीवन नराम्ररी प्रभावित हुँदै गएका हुन् । हिजो बौधीमाई नगरपालिका वडा नम्वर ८ सरमुजवाका ५५ बर्षिय जयमंगल यादव गर्मीबाट लतपटिएर देवाही गोनाही मौलापुरलाई जोड्ने लाल बकैया पुलमा एक छिन थकाई मार्दा त्यही ढलेको थियो ।

शिक्षा विकास तथा समन्वय इकाई रौतहटको अनुरोध

शिक्षा विकास तथा समन्वय इकाई कार्यालय रौतहटका प्रमुख रामविनय कुमार सिंहले जिल्लाको १८ वटै पालिकामा रहेका सामुदायिक विद्यालयहरुलाई बर्षे विदाबाट कट्टा गरेर अहिले बालबालिकालाई सुरक्षित राख्न सर्कुलर जारी गरेका छन् ।
इकाइ प्रमुख सिंहद्धारा हस्ताक्षरित परिपत्रमा केही दिन देखि बढेको अत्याधिक गर्मीको कारण विद्यालयमा अध्ययन गर्न आउने बालबालिकाहरु मुर्छा पर्ने तथा अन्य लक्ष्णहरुले ग्रसित भईरहेको हुँदा बर्षे विदाबाट कट्टा हुने गरी विद्यालयमा अध्ययन अध्यापनको व्यवस्थापन नगर्न अनुरोध गरिएको छ ।May be an image of ticket stub and text

इशनाथ,कटहरिया र गरुडाले तिन दिन विद्यालय बन्द गर्ने सूचना जारी गरे

चर्को घाम संगै चिलचिलाउदो गर्मीबाट विद्यार्थीहरुलाई जोगाउन रौतहट इशनाथ, गरुडा नगरपालिकाले जेठ १६ गते देखि १८ गते सम्म तिन दिनको लागि विदा दिएको पत्र मातहतका विद्यालयहरुलाई पठाएका सम्बध पालिकाको प्रमुख प्रशासकीय अधिकृतहरुद्धारा जारी गरिएको पत्रमा उल्लेख गरिएको छ । भोली अर्थात जेठ १५ गते गणतन्त्र दिवश भएको विदा रहेको हुँदा १६ गते देखि तिन दिन विद्यालय बन्द गरिएको बताइएको छ ।May be an image of ticket stub and text