काठमाडौं – सात चरणमा हुन लागेको भारत लोकसभाको पाँचौ चरणको मतदान सोमबार हुँदैछ। चार चरणको चुनाव सम्पन्न भएको भारतमा आज पाँचौ चरणमा आठ राज्यका ४९ सिटका लागि मतदान हुन लागेको हो।
छत्तीसगढ़, झारखण्ड, महाराष्ट्र, ओडिशा, उत्तर प्रेदश, पश्चिम बंगाल, जम्मु-कश्मिर, लद्दाखका ४९ सिटका लागि पाँचौ चरणको मतदान हुन लागेको हो। ४९ सिटका लागि ९४ हजार ७३२ मतदान केन्द्र तोकिएको छ।
पाँचौ चरणको चुनावमा चार करोड २६ लाख महिला र पाँच हजार ४०९ तेस्रो लिंगीसहित कुल आठ करोड ९५ लाखले मतदान गर्दैछन्।
अप्रिल १९, २६, मे ७ र १३ तारिखमा गरेर भारतमा यसअघि चार चरणको चुनाव सकिएको हो।
छैठौं चरणमा ७ राज्यका ५७ सिटका लागि मे २५ तारिखमा मतदान हुनेछ। छैठौं चरणमा बिहार, हरियाणा, झारखण्ड, ओडिशा, उत्तर प्रदेश, पश्चिम बंगाल र दिल्लीका ५७ सिटमा मतदान हुन लागेको हो।
अन्तिम तथा सातौं चरणको मतदान जुन १ मा हुनेछ। बिहार, हिमाचल, झारखण्ड, ओडिशा, पञ्जाब, उत्तर प्रदेश, पश्चिम बंगाल, चंडीगढ़ गरेर ८ राज्यका ५७ सिटका लागि अन्तिम चरणमा मतदान हुनेछ।
पहिलो चरणदेखि सातौं चरणसम्मका मतदान सम्पन्न भएपछि एकसाथ जुन ४ तारिखदेखि मतगणना सुरु हुनेछ।